News Portal

साउदीमा अलपत्र रानाको तस्बिर भाइरल भएपछि श्रममन्त्रीको पहलमा उद्धार

हिमालीसंचार संवाददाता
३६६ पटक

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले साउदीअरवको जेद्दामा कोठामा छटपटाइरहेका श्रमिकको भाइरल भिडियोबारे चासो राख्दै उपचार र उद्धारका लागि पहल गरेका छन्।

शनिबार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपाली श्रमिक जाजरकोटका आइस राना पीडाले छटपटाइरहेको तस्बिर र भिडियो प्रकाशित भएपछि आइतबार नेपाली दूतावासका कर्मचारी र श्रम सहचारीसहितको टोली उनी रहेको स्थानमा गई उनको अवस्थाबारे जानकारी लिएको छ।

श्रम सहचारी प्रेम उपाध्याय र भाषा अनुवादकसहित दूतावासको टोली बिरामी राना भएको ठाउँमा गइ उपचारका लागि स्थानीय अस्पतालमा लगेको छ।

नेपाली दूतावासले रानासहित जेद्दामा अलपत्र परेका आठ जना नेपाली श्रमिकहरुको दैनिक खानाको प्रबन्ध गर्दै आएको थियो। ८ मध्ये एक जना नेपाल फर्किसकेका छन् भने अन्य ६ जना मंगलबार नेपाल फर्किनेछन्।

रानाको पनि नेपाल फर्कने टिकटको व्यवस्था गरिएको थियो। तर, उनको पुलिस केस भएकोले एक्जिट भिसाको लागि समय लाग्ने नेपाली दूतावासले जनाएको छ।

उनी बिरामी परेपछि नेपाल फर्कने व्यवस्थाका लागि नेपाली दूतावासले आइतबार नै इमिग्रेसनलाई पत्राचार समेत गरेको नेपाली काउन्सिलर शत्रुधन पोखरेलले बताए।

रानाको अवस्था अहिले सामान्य रहेको पोखरेलले बताए। मन्त्री श्रेष्ठले अलपत्र नेपाली श्रमिक उद्धारका लागि नेपाली दूतावास र श्रम सहचारीले गरेको प्रयासका लागि धन्यवाद दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...