News Portal

पर्वतको एक घरेलु उद्योगमा उत्पादित मकै भटमासको सातु विदेशमा लोकप्रिय

हिमालीसंचार संवाददाता
४८९ पटक

दुर्गाप्रसाद शर्मा,
पर्वत। पर्वतमा सञ्चालित एक घरेलु उद्योगमा उत्पादित सातु जिल्लामा मात्रै नभएर देश विदेशमा समेत लोकप्रिय भएको छ। फलेवास नगरपालिका–४ मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले उत्पादन गरेको मकै, भटमास, फापर, गहुँलगायतको सातु युरोप, अमेरिकालगायतका मुलुकहरूमा लोकप्रिय हुन थालेको छ।

स्थानीय उद्यमी थानेश्वर भुसालले मकै, भटमास, फापर, चनालगायतको मिश्रणबाट पोसिलो खाजा उत्पादन शुरू गरेको ३ वर्ष भयो। उहाँले उत्पादन गरेको सातु शुरूका दुई वर्ष जिल्लाका विभिन्न खाद्य पसल, डिपार्टमेन्टल स्टोर हुँदै अहिले विदेश निर्यात गर्न शुरू गर्नुभएको छ।

उहाँले मुडिकुवामा विगत २० वर्षदेखि पर्वत खाद्य प्रशोधन उद्योग सञ्चालन गर्दै आउनुभएको छ। उद्योगले किसानले उत्पादन गरेका मकै, भटमास, फापर, गहुँलगायतका अन्न भुटेर विभिन्न परिकार उत्पादन गर्न थालेको हो।

बजारमा अर्गानिक खाजाको माग भइरहेकोले बजारमा सातु बनाएर बिक्री गर्न थालेको भुसालले बताउनुभयो। गाउँमा चाख नभए पनि बजार र वैदेशिक रोजगारीमा जानेहरूले यस्तो परिकारको माग गर्नेगरेको उहाँको भनाइ छ।

‘गाउँमा यो पुरानो परिकार भन्दै खासै चाख गर्दैनन्,’ उहाँले भन्नुभयो – ‘गाउँबाट बजार झरेका र विदेश जानेहरूले निकै माग गर्न थालेका छन्।’ उहाँका अनुसार जापान, अमेरिका, बेलायत, अस्ट्रेलिया, कोरिया लगायत देशमा यहाँ उत्पादित सातु निर्यात भइरहेको छ।

उद्योगमा भुसालले गएको ७ वर्षदेखि लप्सीको अचार, क्यान्डी, तितौरा, अदुवाको क्यान्डी लगायतका परिकार अमेरिका र युरोपका विभिन्न मुलुकहरूमा निर्यात गर्दै आउनुभएको छ। लप्सी, अदुवा र अमलाका अर्गानिक परिकार माग गर्ने देशहरूबाट गाउँघरमा उत्पादित मकै र भट्टको परिकारसमेत माग हुन थालेपछि ‘पोसिलो सातु’ नाम दिएर विभिन्न अन्नको मिश्रण गरी सातु उत्पादन थालेको भुसाल बताउनुहुन्छ।

‘धेरैजसो गैर आवासीय नेपालीहरूले कोशेलीका रूपमा लैजान्छन्,’ उनले भने, ‘दुई वर्षदेखि व्यावसायिक रूपमै केही उत्पादन अमेरिका पठाउँछु। गत आर्थिक वर्षमा करिब ३ क्विन्टल सातु विदेश निर्यात भएको थियो।’ गाउँघरमा उत्पादित अर्गानिक पौष्टिक अन्न मिसाएर बनाएको हुनाले बालबच्चा र वृद्धवृद्धाहरूले उद्योगमा उत्पादित सातु पौष्टिकता मात्रै नभएर स्वास्थ्यका लागि पनि लाभदायक हुने स्वास्थ्यकर्मीहरू बताउँछन्।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...