News Portal

माछा व्यवसायीमाथि दुर्व्यवहार गरेका चितवनका सिडिओ अस्मान तामाङले स्वीकारे गल्ती

हिमालीसंचार संवाददाता
५३६ पटक

कुलप्रसाद काफ्ले
चितवन। माछाको मूल्यको विषयमा चितवनका प्रमुख जिल्ला अधिकारी(सिडिओ) अस्मान तामाङले गल्ती स्वीकारेका छन्। भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, माछा व्यवसायी र सिडिओ तामाङबीच बिहीबार भएको वार्तामा सिडिओले गल्ती स्वीकार गरी आत्मालोचना गरेका हुन्।

गलत बुझाइका कारण गल्ती हुन पुगेको भन्दै सिडिओले आत्मालोचना गरेका चितवन फिस हाउसका सञ्चालक लुलाराज तामाङले बताए। माछा किन्दा श्रीमती ठगिएको भन्दै सिडिओ अस्मान तामाङले १८ पुसको साँझ चितवन फिस हाउसका सञ्चालक लुलाराजमाथि दुर्व्यवहार गरी माछा राखेको फ्रिजमा सिल गरेका थिए।

‘दुवै पक्षको वीन–वीन जस्तो भयो। अन्जानमा कमजोरी भएको भनि स्वीकार गर्नुभयो। सबैको अगाडि आत्मालोचना गर्नुभयो’, उनले भने। समन्वय र सहकार्यको लागि व्यवसायी र सिडिओ बीच छ बुँदे सहमति पनि भएको छ।

नेपाल मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीको दिव्यनगरस्थित माछा फार्ममा १८ पुसमा सिडिओकी श्रीमती सरकारी गाडी लिएर माछा किन्न गएकी थिइन्।

पोखरीबाट निकालेको माछा सकिएपछि व्यवसायी लुलाराजले सिडिओ पत्नीलाई प्रति केजी ३०० रुपैयाँका दरले माछा बिक्री गरे। केही दिनअघि आफैँले प्रतिकेजी २४० रुपैयाँमा माछा किनेको र लुलाराजले आफ्नी श्रीमतीलाई ठगेको भन्दै सिडिओले व्यवसायीमाथि दुर्व्यवहार गरेका थिए।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...