News Portal

माछा व्यवसायीमाथि दुर्व्यवहार गरेका चितवनका सिडिओ अस्मान तामाङले स्वीकारे गल्ती

हिमालीसंचार संवाददाता
४३१ पटक

कुलप्रसाद काफ्ले
चितवन। माछाको मूल्यको विषयमा चितवनका प्रमुख जिल्ला अधिकारी(सिडिओ) अस्मान तामाङले गल्ती स्वीकारेका छन्। भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, माछा व्यवसायी र सिडिओ तामाङबीच बिहीबार भएको वार्तामा सिडिओले गल्ती स्वीकार गरी आत्मालोचना गरेका हुन्।

गलत बुझाइका कारण गल्ती हुन पुगेको भन्दै सिडिओले आत्मालोचना गरेका चितवन फिस हाउसका सञ्चालक लुलाराज तामाङले बताए। माछा किन्दा श्रीमती ठगिएको भन्दै सिडिओ अस्मान तामाङले १८ पुसको साँझ चितवन फिस हाउसका सञ्चालक लुलाराजमाथि दुर्व्यवहार गरी माछा राखेको फ्रिजमा सिल गरेका थिए।

‘दुवै पक्षको वीन–वीन जस्तो भयो। अन्जानमा कमजोरी भएको भनि स्वीकार गर्नुभयो। सबैको अगाडि आत्मालोचना गर्नुभयो’, उनले भने। समन्वय र सहकार्यको लागि व्यवसायी र सिडिओ बीच छ बुँदे सहमति पनि भएको छ।

नेपाल मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीको दिव्यनगरस्थित माछा फार्ममा १८ पुसमा सिडिओकी श्रीमती सरकारी गाडी लिएर माछा किन्न गएकी थिइन्।

पोखरीबाट निकालेको माछा सकिएपछि व्यवसायी लुलाराजले सिडिओ पत्नीलाई प्रति केजी ३०० रुपैयाँका दरले माछा बिक्री गरे। केही दिनअघि आफैँले प्रतिकेजी २४० रुपैयाँमा माछा किनेको र लुलाराजले आफ्नी श्रीमतीलाई ठगेको भन्दै सिडिओले व्यवसायीमाथि दुर्व्यवहार गरेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...