News Portal

स्टेजमै कुटिए चर्चित गायक राजेश पायल राई (भिडियो सहित)

हिमालीसंचार संवाददाता
६०७ पटक

‘राई इज किंग’ भनेर चिनिने चर्चित गायक राजेश राई न्युयोर्क स्टेजमा कुटिएका छन्। न्यूयोर्कमा आयोजित ‘न्यू ईयर ईभ सन् २०२२’ को सांगितिक कार्यक्रममा पुगेका राई स्टेजमा कुटिएका हुन्।

स्टेजमा गीत गाइरहेको बेला छेउतिरबाट विस्तारै आएका एक दर्शकले घाँटी समातेर गायक राई माथि कुटपिट गरेका थिए।  स्रोतकाअनुसार गायक राईलाई स्टेजमा कुट्ने ती दर्शक रक्सीले मातिएर बेलाबेला हो–हल्ला गरिरहेका थिए । आयोजक समितिका सदस्यहरू उभिरहेको कुनाबाट स्टेजमा चढेका ती व्यक्तिले गायक राईलाई पिटेको एक दर्शकले बताएका छन्। त्यसपछि आयोजक र दर्शकले गायक राईलाई स्टजमै पुगेर थप कुटिनबाट जोगाएका थिए।

‘अन्जानीमा भूल भयो की? गीत गाइरहेका समयमा गायक राईमाथि रक्सी पिएका एकदर्शकले स्टेजमा उक्लिएर हातपात गरेको आयोजक समितिका एक सदस्यले जनाएका छन्।

लगतै गायक राईका सकर्थकहरूले ‘ओए… को–हो–यो मान्छे? त्यसलाई मार.. मार त्यसलाई मार’ भनेको भिडियोमा प्रष्टै सुनिन्छ। त्यसपछि सांगितिक कार्यक्रम स्थगित गरिएको थियो। अहिले यो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।

गायक तथा संगीतकार शिवसंगम राईले यस विषयमा आयोजकको घ्यानाकर्षण गरेका छन्  “नेपालका महागायक राजेश पायल राई ज्यूलाई नया बर्षको अवसरमा न्युयोर्कमा भइरहेको कार्यक्रममा एक ब्यक्तिले गरेको अपमानजनक कार्यको म घोर भर्सना गर्दै आयोजकको ध्यानाकर्षण गराउदछु साथै दोषीलाई हदैसम्मको कार्वाही होस् भन्ने माग राख्दछु।” गायक राईमाथि भएको यस्तो दुरब्यबहारको चौतर्फी विरोध भइरहेको छ। यस्तो ब्यबहार कसले गरेको अझै खुलाईएको छैन। 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...