News Portal

स्टेजमै कुटिए चर्चित गायक राजेश पायल राई (भिडियो सहित)

हिमालीसंचार संवाददाता
५३८ पटक

‘राई इज किंग’ भनेर चिनिने चर्चित गायक राजेश राई न्युयोर्क स्टेजमा कुटिएका छन्। न्यूयोर्कमा आयोजित ‘न्यू ईयर ईभ सन् २०२२’ को सांगितिक कार्यक्रममा पुगेका राई स्टेजमा कुटिएका हुन्।

स्टेजमा गीत गाइरहेको बेला छेउतिरबाट विस्तारै आएका एक दर्शकले घाँटी समातेर गायक राई माथि कुटपिट गरेका थिए।  स्रोतकाअनुसार गायक राईलाई स्टेजमा कुट्ने ती दर्शक रक्सीले मातिएर बेलाबेला हो–हल्ला गरिरहेका थिए । आयोजक समितिका सदस्यहरू उभिरहेको कुनाबाट स्टेजमा चढेका ती व्यक्तिले गायक राईलाई पिटेको एक दर्शकले बताएका छन्। त्यसपछि आयोजक र दर्शकले गायक राईलाई स्टजमै पुगेर थप कुटिनबाट जोगाएका थिए।

‘अन्जानीमा भूल भयो की? गीत गाइरहेका समयमा गायक राईमाथि रक्सी पिएका एकदर्शकले स्टेजमा उक्लिएर हातपात गरेको आयोजक समितिका एक सदस्यले जनाएका छन्।

लगतै गायक राईका सकर्थकहरूले ‘ओए… को–हो–यो मान्छे? त्यसलाई मार.. मार त्यसलाई मार’ भनेको भिडियोमा प्रष्टै सुनिन्छ। त्यसपछि सांगितिक कार्यक्रम स्थगित गरिएको थियो। अहिले यो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।

गायक तथा संगीतकार शिवसंगम राईले यस विषयमा आयोजकको घ्यानाकर्षण गरेका छन्  “नेपालका महागायक राजेश पायल राई ज्यूलाई नया बर्षको अवसरमा न्युयोर्कमा भइरहेको कार्यक्रममा एक ब्यक्तिले गरेको अपमानजनक कार्यको म घोर भर्सना गर्दै आयोजकको ध्यानाकर्षण गराउदछु साथै दोषीलाई हदैसम्मको कार्वाही होस् भन्ने माग राख्दछु।” गायक राईमाथि भएको यस्तो दुरब्यबहारको चौतर्फी विरोध भइरहेको छ। यस्तो ब्यबहार कसले गरेको अझै खुलाईएको छैन। 

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...