News Portal

कालीकोटका बाढीपहिरा पीडितका घर अझै बनेनन्

हिमालीसंचार संवाददाता
५२० पटक

मान्म। गतवर्षको बाढीपहिराका कारण घरबारविहीन भएका कालीकोट नरहरिनाथ गाउँपालिकाका स्थानीयवासीका लागि घर निर्माणको काम अझै सुरु हुन सकेको छैन। घर निर्माण हुन नसक्दा उनीहरु हिउँदको जाडोमा कठांग्रिएर दिन काटन बाध्य भएका छन्।

गत वर्षको बाढीपहिराले क्षतविक्षत भएको नरहरिनाथ गाउँपालिकामा उनीहरुका लागि १ सय ५१ घर बनाउनु पर्नेमा बल्लतल्ल ५० घर सकिएको छ। अन्य घरको काम अझै सुरु हुन सकेको छैन। गत हिउँदको जाडोमा कठांग्रिएर दिन कटाएका बाढीपहिरा पीडितले अझै घरमा बस्न पाएका छैनन्।

सङ्घीय तथा प्रदेश सरकारले ढिलोगरी बजेटको अख्तियारी दिँदा गत आर्थिक वर्षमा ५० घर निर्माण भएको थियो भने चालू आर्थिक वर्षमा १०१ घर निर्माण हुने गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाले बताउनुभयो। “गतवर्ष कर्णाली प्रदेश सरकारको १ करोड ७० लाखको लगानीमा ५० घर बनाइएको छ” उहाँले भन्नुभयो, “यो वर्ष थप ४ करोड बजेट आएको छ। यो बजेटबाट १०१ बन्नेछन्।”

त्यस्तै, गतवर्षको पहिरोबाट क्षतविक्षत भएको रास्कोटमा बाढीपहिरापीडितका लागि २०६ घर बनाउनुपर्नेमा बल्लतल्ल १०६ घर बनाएको र अन्य घरको काम अझै सुरु हुनसकेको छैन। परिवार आफैंलाई निर्माणको जिम्मा दिएको प्रदेश सरकारले बनाएका घर अझै हस्तान्तरण गरेको छैन। नगरपालिकाले माघसम्म औपचारिक कार्यक्रम गरेर बनेका घर हस्तान्तरण गर्ने योजना बनाएको नगरप्रमुख काशीचन्द बरालले बताउनुभयो।

“नगरका ७ नम्बर वडाको पुच्छेगाउँमा थप १ सय घर निर्माणको प्रक्रियामा छ”, उहाँले भन्नुभयो, “गत वर्ष एक सय ६ घर बने भने यो वर्ष थप १ सय घर बन्नेछन्।” रास्कोटमा गत वर्ष कर्णाली प्रदेश सरकारले पीडितका घर बनाउन ३ करोड ३० लाख दिएकोमा यस वर्ष थप ४ करोड रकम उपलब्ध गराउनेछ।

पहिराले बढी क्षति पुर्याएको वडा नं १ र ३ मा पर्ने बडोलतोला, लहरेला, सागाटिया, कुमालवाडा, भट्टेडाँडा र तामाकोटमा १ सय ६ घर निर्माण भएका हुन्। प्रतिघरको लागत ५ लाख हुनपर्ने भएपनि स्थानीय जनप्रतिनिधिले आफन्तलाई पार्न घर सङ्ख्या बढाएर ३ लाख ६३ हजार मात्र रकम दिएको पीडितको गुनासो छ।

वडा नं १ मा प्रदेश सरकारबाट ४० घर निर्माणका लागि ५ लाखका दरले २ करोड रकम आएको थियो। नगरका पदाधिकारीले सामान्य क्षति भएका आफन्तका घर बनाउन घर सङ्ख्या थपेर ३ लाख ६३ हजारका दरले मात्र रकम दिएको स्थानीय वासीको गुनासो छ। “सरकारको उद्देश्य त राम्रो हो”, उनीहरु भन्छन्, “नगरका जनप्रतिनिधिले गतिलो काम गरेनन्।”

पहिराले धेरै मानवीय क्षति पुर्याएको नरहरिनाथ–४ सुगरखालमा ५० घर निर्माण भएर पीडितलाई हस्तान्तरण गरिए पनि अझै एक सय घर बन्न बाँकी छन्। गत वर्ष कर्णाली प्रदेश सरकारको रु एक करोड ७० लाखको लगानीमा ५० घर बनाइएको गाउँपालिका अध्यक्ष धीर बहादुर विष्टले बताउनुभयो। उहाँले सुगरखालमा यो वर्ष थप १ सय घर बनाउन ४ करोड बजेट आएको जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...