News Portal

विप्लपको नेकपा निकट विद्यार्थी संगठनको अधिवेशन उद्घाटन सत्र बिफल पार्न रामलिला मैदानमा सुरक्षाकर्मी परिचालन

हिमाली संचार संवाददाता
१२५१ पटक

बाके – नेपालगन्जको रामलिला मैदानमा बिहानैदेखि ठूलो सख्ङ्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । नेपाल प्रहरी र शशस्त्र प्रहरीले बिहानैदेखि रामलिला मैदान आफ्नो नियन्त्रणमा लिएका छन् ।

विप्लप नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी बाँकेको अधिवेशनको उद्घाटन सत्र बिफल पार्न रामलिला मैदानमा सुरक्षाकर्मी परिचालन गरिएको हो ।

आज दिउसो १२ बजे रामलिला मैदानमा क्रान्तिकारीले जिल्ला सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम तय गरेको थियो । क्रान्तिकारीको जिल्ला अधिवेशनको उद्घाटन सत्र जसरी भएपनी बिफल पार्ने योजनामा प्रशासन रहेको छ ।

अखिल क्रान्तिकारी बाँकेका नेता भरत रावलले आफुहरुले कुनै पनी हालतमा रामलिला मैदानमा नै कार्यक्रम गर्ने दाबी गरे । हजारौं विद्यार्थीहरुको उपस्थितीमा उद्घाटन सत्र कार्यक्रम गरिने उनले जानकारी दिए ।

उद्घाटन सत्र गर्ने भनिएको ठाउँ बिहानैदेखि सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लगेपछि उद्घाटन सत्र बारे छलफल गर्न अहिले विद्यार्थी नेताहरुको बैठक बसिरहेको पश्चिमन्युजले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...