News Portal

भलिबलमा नेपाली महिला टोलीसँग श्रीलंकाले हार्याे, पुरुष टोली बंगलादेशसँग पराजित

हिमालीसंचार संवाददाता
४११ पटक

एजेन्सी। एभिसी सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको पहिलो खेलमा नेपालको पुरुष टोली पराजित भएको छ। बंगलादेशको ढाकामा हिजो भएको खेलमा नेपाललाई आयोजक बंगलादेशले ३–० को सोझो सेटमा पराजित गर्यो।

बलियो घरेलु टिमविरुद्ध नेपाल २५–१७, २५–१७ र २५–१९ को सेटमा पराजित भएको हो। अब नेपालले दोस्रो खेलमा आज उज्वेकिस्तानविरुद्ध खेल्नेछ।

यस्तै नेपालले तेस्रो खेलमा शनिबार श्रीलंका र अन्तिम खेलमा आइतबार माल्दिभ्सको सामना गर्नेछ। पुरुषतर्फ ५ टिमको सहभागिता रहेको छ।

राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्ने छन्। महिलातर्फ भने नेपालले विजयी सुरुआत गरेको छ। नेपालले हिजो श्रीलंकामाथि ३–२ को रोमाञ्चक जित निकालेको हो।

प्रतिकृया दिनुहोस्

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...