News Portal

क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई प्रधानमन्त्री देउवाको फोन: खेलाडीको कारवाही के हो ?

हिमालीसंचार संवाददाता
४०१ पटक

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिकेट खेलाडीहरुलाई नेपाल क्रिकेट संघ (क्यान)ले गरेको कारवाहीका विषयमा चासो राख्दै सोधखोज गरेका छन्।

शुक्रबार बिहान सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटवार्तापछि प्रधानमन्त्री देउवाले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलाई फोन गरेर खेलाडीलाई कारवाही गरेको विषय के हो ? भनेर प्रश्न गरेका थिए।

‘क्यानमा के गरेको हो यो ? प्रचण्डजीले पनि यसमा चासो राख्नुभएको छ, मिलाउनुुस् है’, प्रधानमन्त्री देउवाले अध्यक्ष चन्दलाई फोनमा भनेका थिए।

माओवादी अध्यक्ष प्रचण्डको सचिवालयले पनि प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच क्यानले गरेको कारवाहीबारे छलफल भएको पुष्टि गरेको छ। क्यानको बुधबार बसेको बोर्ड बैठकले राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदमुक्त गरेको थियो।

क्यानले अनुशासनसम्बन्धी आचारसंहिता उल्लङ्घनको आरोपमा मल्ल र दीपेन्द्रसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को सेन्ट्रल कन्ट्रयाक्टमा सुरूको ६ महिना सहभागिता नगराउने निर्णय समेत गरेको थियो। मल्लको पदमुक्तपछि क्यानले राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा युवा लेग स्पिनर सन्दीप लामिछानेलाई नियुक्त गरेको थियो।

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...