News Portal

कामको खोजीमा भारत गएका १६५ बेपत्ता: नेपाली दूतावास मौन, बेपत्ता भएकालाई कस्ले खोज्ने ?

हिमालीसंचार संवाददाता
३९५ पटक

कैलाली। सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट कामका लागि भारत गएका श्रमिक बेपत्ता हुने क्रम बढेको जनाइएको छ। यहाँका चार पालिकाका १६५ श्रमिक बेपत्ता भएका अर्थात् परिवारका सम्पर्कमा छैनन्।

भारतका विभिन्न सहरमा वर्षौंदेखि लाखौँको सङ्ख्यामा नेपाली कामदार श्रम गर्दै आएको बताइएको छ। कामको खोजीमा भारत पसेका श्रमिकमध्ये अधिकांश असुरक्षितरुपमा कष्टपूर्ण श्रम गर्दै आएको र बेपत्ता हुने क्रम बढेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेशका संयोजक खडकराज जोशीले बताए।

उनले भने, “कामका लागि भारत गएका श्रमिकले त्यहाँ निकै दुःख कष्ट सहनु परेको छ, त्यसैअनुरुप अधिकांश श्रमिक हराउने र बेपत्ता हुने गरेको पाइएको छ।” श्रमिकका लागि भारतीय श्रम बजार असुरक्षित बन्दै गएको श्रमिकको गुनासो छ।

भारतमा हुने श्रमशोषणमा नेपाल पक्ष मौन बसेकै कारण कष्टपूर्ण जीवन निर्वाहसँगै नेपाली श्रमिक हराउने र उत्तै बेपत्ता हुने क्रम पनि बढ्दै गएको नागरिक समाजका अगुवा तथा कांग्रेस नेता घनश्याम पाठकले बताए। उनले भने, “ऋण लागेर कमाउन भारत गएका त्यहाँ दुःख पाउने गरेका छन्, दुःख नहन नसक्दा र ऋण चुक्ता गर्न नपाउँदा उतै हराउने गरेका छन्।”

भारतमा कष्टपूर्ण श्रम गर्ने नेपालीका लागि सरकारले अहिलेसम्म कुनै प्रयास नगरेको उनको आरोप छ। भारतमा नेपाली श्रमिकको शोषणबारे सरकार अनभिज्ञ आरोप इन्सेकका डोटी जिल्ला प्रतिनिधि गणेश जोशीले लगाए। उनले भने, “श्रमिकको अवस्था बुझ्नुपर्ने नेपाली दूतावास मौन छ, बेपत्ता भएकालाई कस्ले खोज्ने ?

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...