News Portal

नेपाली सहयोगी हातहरु मकाउद्वारा डिसेम्बर २६ तारिख मैत्रीपूर्ण भलिबल खेल हुने

हिमालीसंचार संवाददाता
७०७ पटक

मकाउ – मकाउमा गठीत सामाजिक संस्था नेपाली सहयोगी हातहरु मकाउको आयोजनमा आगामी डिसेम्बर २६ तारिख आईतबार बिहानको ९ बजेदेखि मकाउको हाक्सा विच भलिबल खेल मैदानमा मैत्रीपूर्ण भलिबल खेल आयोजना गरिने भएको छ।

भलिबल खेलको संयोजक दिपक थापाका अनुसार अंग्रेजी नया बर्ष तथा बक्सिङ दिवसको दिन आयोजना हुन लागेको मैत्रीपूर्ण भलिबल खेलका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय बक्सिङ खेलाडीहरुलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको संयोजक थापाले हिमालीसंचारडटकमसंग बताए । संयोजक थापा नेपाल राष्ट्रिय भलिबल टिमका खेलाडी समेत हुन्। 

संस्थाका निर्देशक उदय वाग्लेका अनुसार सोही दिन साँझ बिबिक्यू पाटीको कार्यक्रम समेत रहेको जानकारी दिएका छन् । निर्देशक वाग्लेका अनुसार मैत्रिपूर्ण भलिबल खेलको सम्पूर्ण प्राविधिक पक्ष संयोजक दिपक थापाले हेर्नु हुने बताए। 

आयोजकका अनुसार खेल विहान ९ बजेदेखि संचालन हुने जानकारी दिएका छन्। प्रथम, दोस्रो हुने टिमले क्रमश मकाउ डलर ५ हजार र २ हजार ५ सय साथमा प्रमाण-पत्र र मेडल प्रदान गरिने जाकारी दिएका छन् । त्यस्तै, तेस्रो हुने टिमलाई मेडल, प्रमाण पत्र र बेस्ट सटर, सर्वोत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था रहेको छ। 

मकाउमा गठीत सामाजिक संस्थाहरु मध्ये अग्रपंतिमा सामाजिक दाईत्वबहन गर्दै आएका नेपाली सहयोगी हातहरु मकाउले कोरोना महामारीको जटिल अबस्थामा नेपाली समुदाय समक्ष सर्जिकल फेसमाक्स र सेनिटाईजर वितरण गरेका थियो। त्यस्तै, मकाउको इतिहासमै पहिलो पटक गत बर्ष बुद्धिचाल र व्याटमिनटन खेलको आयोजना समेत गरेको थियो।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...