News Portal

नेपाली सहयोगी हातहरु मकाउद्वारा डिसेम्बर २६ तारिख मैत्रीपूर्ण भलिबल खेल हुने

हिमालीसंचार संवाददाता
५६८ पटक

मकाउ – मकाउमा गठीत सामाजिक संस्था नेपाली सहयोगी हातहरु मकाउको आयोजनमा आगामी डिसेम्बर २६ तारिख आईतबार बिहानको ९ बजेदेखि मकाउको हाक्सा विच भलिबल खेल मैदानमा मैत्रीपूर्ण भलिबल खेल आयोजना गरिने भएको छ।

भलिबल खेलको संयोजक दिपक थापाका अनुसार अंग्रेजी नया बर्ष तथा बक्सिङ दिवसको दिन आयोजना हुन लागेको मैत्रीपूर्ण भलिबल खेलका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय बक्सिङ खेलाडीहरुलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको संयोजक थापाले हिमालीसंचारडटकमसंग बताए । संयोजक थापा नेपाल राष्ट्रिय भलिबल टिमका खेलाडी समेत हुन्। 

संस्थाका निर्देशक उदय वाग्लेका अनुसार सोही दिन साँझ बिबिक्यू पाटीको कार्यक्रम समेत रहेको जानकारी दिएका छन् । निर्देशक वाग्लेका अनुसार मैत्रिपूर्ण भलिबल खेलको सम्पूर्ण प्राविधिक पक्ष संयोजक दिपक थापाले हेर्नु हुने बताए। 

आयोजकका अनुसार खेल विहान ९ बजेदेखि संचालन हुने जानकारी दिएका छन्। प्रथम, दोस्रो हुने टिमले क्रमश मकाउ डलर ५ हजार र २ हजार ५ सय साथमा प्रमाण-पत्र र मेडल प्रदान गरिने जाकारी दिएका छन् । त्यस्तै, तेस्रो हुने टिमलाई मेडल, प्रमाण पत्र र बेस्ट सटर, सर्वोत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था रहेको छ। 

मकाउमा गठीत सामाजिक संस्थाहरु मध्ये अग्रपंतिमा सामाजिक दाईत्वबहन गर्दै आएका नेपाली सहयोगी हातहरु मकाउले कोरोना महामारीको जटिल अबस्थामा नेपाली समुदाय समक्ष सर्जिकल फेसमाक्स र सेनिटाईजर वितरण गरेका थियो। त्यस्तै, मकाउको इतिहासमै पहिलो पटक गत बर्ष बुद्धिचाल र व्याटमिनटन खेलको आयोजना समेत गरेको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...