News Portal

गण्डकी कांग्रेसमा रामचन्द्रले शशांकलाई चकित बनाए, गोपालमानले जिताए ‘रक्सी व्यापारी’

हिमालीसंचार संवाददाता
३५७ पटक

पोखरा। नेपाली कांग्रेस गण्डकी प्रदेशको सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन्। आइतबार बिहान प्राप्त अन्तिम नतिजाअनुसार सभापति पदमा शर्माले ६१२ मत ल्याएर विजयी भएका हुन्। सभापतिमा विजयी भएका शर्मा नेता रामचन्द्र पौडेल समूहका हुन्।

सभापतिका प्रतिस्पर्धी अर्जुनप्रसाद जोशी पराजित भएका छन्। जोशीले ५२८ मत पाएका थिए। नेता जोशी सभापति शेरबहादुर देउवा निकटका हुन्। उप–सभापतिमा कल्पना तिवारी ६२४ मतसहित निर्वाचित भएकी छिन्। सोही पदमा मेखलाल श्रेष्ठले ५५६ मतसहित विजयी भएका छन्।

उप–सभापतिमा निर्वाचित भएका मेखलाल नेता गोपालमान श्रेष्ठका भतिजा हुन्। मेखलाल गण्डकी प्रदेशको मन्त्री पनि छन्। गृहजिल्ला स्याङ्जामा पत्तासाफ भएका गोपालमानले भतिजालाई भने जिताउन सफल भएका छन्। उप–सभापतिमा जितेका मेखलाल रक्सीका व्यापारी पनि हुन्।

महामन्त्रीमा किरणबाबु श्रेष्ठ ५७३ र विष्णुप्रसाद लामिछाने ५६४ मत ल्याएर निर्वाचित भएका छन्। सह–महामन्त्रीमा कोपिला रानाभाट ५९२, रमेश कुमार पाण्डे ६०५ र रामचन्द्र जोशी ५७० मत ल्याएर विजयी भएका छन्। अधिकांश पद सभापति शर्मा निकटकाले जितेका छन्।

गण्डकी प्रदेशमा देउवा समूहका जोशीले सभापतिमा जित्ने थिए। तर, नेता गोपालमान श्रेष्ठले स्याङजा जिल्लामा बिगारेका कारण पराजय भोग्नु परेको आरोप लागेको छ। स्याङजा कांग्रेसमा गोपालमानले बिगारेर ध्वस्त बनाएका छन्।

सभापतिमा शर्माले जित्नुमा नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाबीचको आन्तरिक द्वन्द्व पनि रहेको छ। कोइरालाले गण्डकी प्रदेशको सभापतिमा महेन्द्रध्वज जिसीलाई उम्मेदवार बनाउन खोजेका थिए।

नेता पौडेलले जबरजस्ती शर्मालाई उम्मेदवार बनाएर जिताएका छन्। गण्डकी प्रदेशमा महामन्त्री कोइरालालाई नेता पौडेलले औकात देखाइदिएका छन्। शर्माप्रति कोइराला धेरै सकारात्मक थिएनन्।

नवलपुर जिल्लाको कांग्रेसको अधिवेशनमा देउवा र कोइराला समूह मिलेर प्रतिस्पर्धा गर्दा पनि नेता पौडेल निकटको समूहले जितेको थियो। गण्डकी प्रदेशमा सभापति देउवा समूह पहिलाभन्दा निकै सशक्त भएर आएको छ। गोपालमानले लफडा नगरेको भए जोशीले जित्ने पक्का थियो।

प्रतिकृया दिनुहोस्

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...