News Portal

गण्डकी कांग्रेसमा रामचन्द्रले शशांकलाई चकित बनाए, गोपालमानले जिताए ‘रक्सी व्यापारी’

हिमालीसंचार संवाददाता
४२३ पटक

पोखरा। नेपाली कांग्रेस गण्डकी प्रदेशको सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन्। आइतबार बिहान प्राप्त अन्तिम नतिजाअनुसार सभापति पदमा शर्माले ६१२ मत ल्याएर विजयी भएका हुन्। सभापतिमा विजयी भएका शर्मा नेता रामचन्द्र पौडेल समूहका हुन्।

सभापतिका प्रतिस्पर्धी अर्जुनप्रसाद जोशी पराजित भएका छन्। जोशीले ५२८ मत पाएका थिए। नेता जोशी सभापति शेरबहादुर देउवा निकटका हुन्। उप–सभापतिमा कल्पना तिवारी ६२४ मतसहित निर्वाचित भएकी छिन्। सोही पदमा मेखलाल श्रेष्ठले ५५६ मतसहित विजयी भएका छन्।

उप–सभापतिमा निर्वाचित भएका मेखलाल नेता गोपालमान श्रेष्ठका भतिजा हुन्। मेखलाल गण्डकी प्रदेशको मन्त्री पनि छन्। गृहजिल्ला स्याङ्जामा पत्तासाफ भएका गोपालमानले भतिजालाई भने जिताउन सफल भएका छन्। उप–सभापतिमा जितेका मेखलाल रक्सीका व्यापारी पनि हुन्।

महामन्त्रीमा किरणबाबु श्रेष्ठ ५७३ र विष्णुप्रसाद लामिछाने ५६४ मत ल्याएर निर्वाचित भएका छन्। सह–महामन्त्रीमा कोपिला रानाभाट ५९२, रमेश कुमार पाण्डे ६०५ र रामचन्द्र जोशी ५७० मत ल्याएर विजयी भएका छन्। अधिकांश पद सभापति शर्मा निकटकाले जितेका छन्।

गण्डकी प्रदेशमा देउवा समूहका जोशीले सभापतिमा जित्ने थिए। तर, नेता गोपालमान श्रेष्ठले स्याङजा जिल्लामा बिगारेका कारण पराजय भोग्नु परेको आरोप लागेको छ। स्याङजा कांग्रेसमा गोपालमानले बिगारेर ध्वस्त बनाएका छन्।

सभापतिमा शर्माले जित्नुमा नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाबीचको आन्तरिक द्वन्द्व पनि रहेको छ। कोइरालाले गण्डकी प्रदेशको सभापतिमा महेन्द्रध्वज जिसीलाई उम्मेदवार बनाउन खोजेका थिए।

नेता पौडेलले जबरजस्ती शर्मालाई उम्मेदवार बनाएर जिताएका छन्। गण्डकी प्रदेशमा महामन्त्री कोइरालालाई नेता पौडेलले औकात देखाइदिएका छन्। शर्माप्रति कोइराला धेरै सकारात्मक थिएनन्।

नवलपुर जिल्लाको कांग्रेसको अधिवेशनमा देउवा र कोइराला समूह मिलेर प्रतिस्पर्धा गर्दा पनि नेता पौडेल निकटको समूहले जितेको थियो। गण्डकी प्रदेशमा सभापति देउवा समूह पहिलाभन्दा निकै सशक्त भएर आएको छ। गोपालमानले लफडा नगरेको भए जोशीले जित्ने पक्का थियो।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...