News Portal

कुवेतमा क्रीयाशिल तीन किराती संस्थाले संयुक्तरुपमा उधौली मनाउने

हिमालीसंचार संवाददाता
३२७ पटक

कुवेत -भाषा, संस्कार र संस्कृतिको संरक्षण, किरातहरुको साझा अभियान भन्ने मुल नाराका साथ कुवेतमा लामो समयदेखी क्रीयाशिल तीन किराती संस्थाका शाखाहरु किरात राई यायोक्खा कुवेत, किरात याक्थुम चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले हिजो डिसेम्बर ३ तारिकका दिन किरात याक्थुम चुम्लुङ कुवेतका अध्यक्ष् अरुण लिम्बुको अध्यक्ष्यतामा तिनै संस्थाका पदाधिकारीहरु बसेको बैठकले संयुक्तरुपमा किरातीहरुको महान चाड साकेला उधौली, चासोक ताङ्नाम र रापवा स्यादर पिदार तथा येले दोङ,येले तम्बे,येले थोचे ५०८१ आगामी  डिसेम्बर २४ मा किरात याक्थुम चुम्लुङ कुवेतको संयोजकत्वमा मनाउने निर्णय गरेको छ।

तिन किरातीहरु एकताको शुत्रभित्र बाँधिनुपर्छ भन्ने मान्यताका साथ उदाहरणका रुपमा कुवेतमा तीन किरातीहरुले विभन्न संस्कृतिक झाँकीका साथ बिगत केहि वर्ष यतादेखि संयुक्तरुपमा चाडहरु मनाउँदै आइरहेको र बिगर २ बर्ष यता विश्व महामारी कोरोनाका कारण कुवेत सरकारले महामारी नियन्त्रणको लागि जमघट गर्न प्रतिबन्ध लगाए यता यो पहिलो पटक कार्यक्रम हुन गैरहेको हो।

यसै अनुरुप यसपाली पनि निरन्तता दिदै तीन किराती संस्थाहरुले संयुक्त रुपमा उधौली, चासोक ताङ्नाम र रापवा स्यादर पिदार २०१९ तथा येले दोङ येले तम्बे येले थोचे ५०८१ कार्यक्रमको आयोजना गरेको किरात राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित चाम्लिङ राईले परदेशी खबरलाइ जनकारी दिएक छन्।

अध्यक्ष राईले उधौली किन? भन्ने प्रश्नलाई संक्षेपमा ब्यख्य गर्दै भने “प्रवासमा छौँ तर विश्वको जुनसुकै कुना कान्दारामा रहेता पनि हामी नेपाली हौँ हामिसंग नेपाली पन छ नेपाली मन छ। हामिसंग नेपाली संस्कार संस्कृति अमर छन् त्यसैले संस्कार संस्कृतिलाई जगेर्ण गर्दै भावी पुस्ताहरुलाइ पनि ती संस्कार संस्कृति हस्तान्तरण गर्ने जिम्मेवारी यो पुस्ताको हो।

त्यसैले हामिले हाम्रो बिरासतलाइ सधैं गौरवका साथ कायम राख्नुपर्दछ” थप्दै उनले भने “संस्कृतिका धनी हामी नेपाली हाम्रो संस्कृति मासिए हाम्रो अस्तित्व नै रहँदैन। त्यसैले हामी नेपाली जो जहाँ छौँ त्यहीँबाट हाम्रो संस्कृतिको संरक्षण गर्नुपर्छ। हाम्रो संस्कृतिको संरक्षण भनेको हाम्रो अस्तित्वको संरक्षण हो।भन्ने जोड दिएका छन्।

अध्यक्ष राईले उक्त दिन कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुन कुवेतमा कार्यरत सम्पुर्ण  नेपाली दाजुभाई दिदीबहिनीहरुलाई समेत आग्राह गरेका छन्।

कार्यक्रमको विवरण

मिति: २४ डिसेम्बर २०२१

समय: बिहान ११ बजे

स्थान: मेमोरिस हल, मंगफ

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...