News Portal

राजेन्द्र विरहीलाइ महासमिति सदस्य तोक्दै जनसम्पर्क समिति कुवेतले मनायो १० औं वार्षिकोत्सव

हिमालीसंचार संवाददाता
४३७ पटक

कुवेत सिटी। नेपाली कांग्रेसको वैदेशिक भात्रृ संगठन नेपाली जनसम्पर्क समिति कुवेतले आफ्नो १० औँ वार्षिकोत्सव शुक्रबार ३ डिसेम्बर २०२१ का दिन कुवेतस्थित फाहाहिलमा रहेको एवान नेपाली रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरि मनायो।

उक्त १० औँ वार्षिकोत्सव कार्यक्रममा नेपाली कांग्रेसको आसन्न १४ औँ राष्ट्रिय महाधिवेनलाई लक्षित गरि कुवेतबाट जनसम्पर्क समितिका सभापति राजेन्द्र विरहीलाई महासमिति सदस्य तथा महाधिवेशन प्रतिनीधि तोकियो।

सो कार्यक्रममा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवतेका अध्यक्ष रणध्वज लामाको प्रमुख आतिथ्यता, एनआरएनए आइसीसी सदस्य हरि लावती, एनआरएनए मध्यपूर्व महिला संयोजक सुमित्रा पौडेल तथा नेपाली काँग्रेस केन्द्रीय निति, अनुसन्धान तथा प्रशिक्षण विभाग अन्तर्गत कुवेत शाखा प्रमुख मन्जित चाम्लिङ राइको विशेष आतिथ्यता र कुवेतका केही संघसंस्थाका पदाधिकारी प्रतिनीधि, सभापतिका गोजीका केही पत्रकार लगायत जनसम्पर्क समिति कुवेतमा आवद्ध केही मात्रामा रहेका क्रियाशील सदस्यहरू उपस्थित थिए।

प्रमुख अतिथि एनआरएनए कुवतेका अध्यक्ष रणध्वज लामाले शुभकामना मन्तव्य दिंदै जब देश असजिलो अबस्थाबाट गुज्रिन्छ तब नेपाली कांग्रेसले नेतृत्व गरेर देशलाइ अग्रगमनमा पुर्याएको बताउँदै राष्ट्रियता, लोकतन्त्र र समाजवादको नारालाइ व्यवहारमा उतार्न जनसम्पर्क समितिहरूले मुख्य भूमिका निर्वाह गर्नुपर्ने बताए।

कांग्रेसका संस्थापक वीपी कोइरालालाई स्मरण गर्दै दीप प्रज्जलन र राष्ट्रियगानबाट शुरू गरिएको वार्षिकोत्सव समारोह समितिका महामन्त्री केशर घलान तामाङ्गको संचालन र सहमहामन्त्री कान्तिप्रसाद अधिकारीले कार्यक्रममा उपस्थित सबैलाइ स्वागत मन्तव्यद्वारा कार्यक्रममा स्वागत गरेका थिए।

वार्षिक आर्थिक प्रगति विवरण पेश गर्दै कोषाध्यक्ष चिज बहादुर गुरुङ्गले हाल जनसम्पर्क समिति कुवेतमा तीन सयको हाराहारीमा क्रियाशील सदस्यता रहेको बताए पनि गत वर्ष क्रियाशिल सदस्यता र साधारण सदस्यता शुल्क बुझाएकालाई पार्टी केंद्रले सदस्यता रोकेको पुर्वकोषाध्यक्ष एवम् बहालवाला महामन्त्री कृष्ण पौडेलले बताएका थिए।

नेपाली कांग्रेससँग आस्थावान १५ जना कार्यकर्ताहरू वार्षिकोत्सव समारोहमा जनसम्पर्क समितिमा आवद्ध गराएर वार्षकोत्सव समारोहको सभापति राजेन्द्र विरहीले समापन भएको घोषणा गरे।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...