News Portal

राजेन्द्र विरहीलाइ महासमिति सदस्य तोक्दै जनसम्पर्क समिति कुवेतले मनायो १० औं वार्षिकोत्सव

हिमालीसंचार संवाददाता
३७३ पटक

कुवेत सिटी। नेपाली कांग्रेसको वैदेशिक भात्रृ संगठन नेपाली जनसम्पर्क समिति कुवेतले आफ्नो १० औँ वार्षिकोत्सव शुक्रबार ३ डिसेम्बर २०२१ का दिन कुवेतस्थित फाहाहिलमा रहेको एवान नेपाली रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरि मनायो।

उक्त १० औँ वार्षिकोत्सव कार्यक्रममा नेपाली कांग्रेसको आसन्न १४ औँ राष्ट्रिय महाधिवेनलाई लक्षित गरि कुवेतबाट जनसम्पर्क समितिका सभापति राजेन्द्र विरहीलाई महासमिति सदस्य तथा महाधिवेशन प्रतिनीधि तोकियो।

सो कार्यक्रममा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवतेका अध्यक्ष रणध्वज लामाको प्रमुख आतिथ्यता, एनआरएनए आइसीसी सदस्य हरि लावती, एनआरएनए मध्यपूर्व महिला संयोजक सुमित्रा पौडेल तथा नेपाली काँग्रेस केन्द्रीय निति, अनुसन्धान तथा प्रशिक्षण विभाग अन्तर्गत कुवेत शाखा प्रमुख मन्जित चाम्लिङ राइको विशेष आतिथ्यता र कुवेतका केही संघसंस्थाका पदाधिकारी प्रतिनीधि, सभापतिका गोजीका केही पत्रकार लगायत जनसम्पर्क समिति कुवेतमा आवद्ध केही मात्रामा रहेका क्रियाशील सदस्यहरू उपस्थित थिए।

प्रमुख अतिथि एनआरएनए कुवतेका अध्यक्ष रणध्वज लामाले शुभकामना मन्तव्य दिंदै जब देश असजिलो अबस्थाबाट गुज्रिन्छ तब नेपाली कांग्रेसले नेतृत्व गरेर देशलाइ अग्रगमनमा पुर्याएको बताउँदै राष्ट्रियता, लोकतन्त्र र समाजवादको नारालाइ व्यवहारमा उतार्न जनसम्पर्क समितिहरूले मुख्य भूमिका निर्वाह गर्नुपर्ने बताए।

कांग्रेसका संस्थापक वीपी कोइरालालाई स्मरण गर्दै दीप प्रज्जलन र राष्ट्रियगानबाट शुरू गरिएको वार्षिकोत्सव समारोह समितिका महामन्त्री केशर घलान तामाङ्गको संचालन र सहमहामन्त्री कान्तिप्रसाद अधिकारीले कार्यक्रममा उपस्थित सबैलाइ स्वागत मन्तव्यद्वारा कार्यक्रममा स्वागत गरेका थिए।

वार्षिक आर्थिक प्रगति विवरण पेश गर्दै कोषाध्यक्ष चिज बहादुर गुरुङ्गले हाल जनसम्पर्क समिति कुवेतमा तीन सयको हाराहारीमा क्रियाशील सदस्यता रहेको बताए पनि गत वर्ष क्रियाशिल सदस्यता र साधारण सदस्यता शुल्क बुझाएकालाई पार्टी केंद्रले सदस्यता रोकेको पुर्वकोषाध्यक्ष एवम् बहालवाला महामन्त्री कृष्ण पौडेलले बताएका थिए।

नेपाली कांग्रेससँग आस्थावान १५ जना कार्यकर्ताहरू वार्षिकोत्सव समारोहमा जनसम्पर्क समितिमा आवद्ध गराएर वार्षकोत्सव समारोहको सभापति राजेन्द्र विरहीले समापन भएको घोषणा गरे।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...