News Portal

कुन्तीले रेखा थापालाई फिल्म जस्तो राजनीति भनेपछी…

हिमालीसंचार संवाददाता
४१२ पटक

काठमाडौं। राप्रपाको महामन्त्री पदमा उम्मेदवारी दर्ता गरेपछि कुन्ती शाहीले महामन्त्रीकै अर्की उम्मेदवार रेखा थापाप्रति लक्षित गर्दै राजनीति फिल्म खेल्न जस्तो सहज नभएको टिप्पणी गरेकी छन्।

शाही अध्यक्षका उम्मेदवार कमल थापा प्यानलबाट राप्रपा महामन्त्रीको उम्मेदवार छिन्। सोही पदमा राजेन्द्र लिङ्देन समूहबाट रेखा थापा पनि उम्मेदवार छिन्।

उम्मेदवारी दर्तापछि आज भृकुटीमण्डपमा पत्रकारहरूसँग कुराकानी गर्दै शाहीले रेखालाई लक्षित गर्दै फिल्म खेल्न जस्तो राजनीति सहज नहुने बताइन्। ‘उहाँ असाध्यै भ्रममा, राजनीति नै थाहा छैन विचरा,’ रेखालाई लक्षित गर्दै शाहीले भनिन्, ‘राजनीति भन्ने कुरा अब थाहा पाउनु हुन्छ।’

उनले रेखालाई जनताका माझमा जान पनि आग्रह गरेकी छिन्। ‘चुनाव आउँदैछ जनताको माझमा जानुस्। फिल्म खेल्नजस्तो सहज राजनीतिमा हुँदैन,’ उनले भनिन्।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...