News Portal

कुन्तीले रेखा थापालाई फिल्म जस्तो राजनीति भनेपछी…

हिमालीसंचार संवाददाता
५१५ पटक

काठमाडौं। राप्रपाको महामन्त्री पदमा उम्मेदवारी दर्ता गरेपछि कुन्ती शाहीले महामन्त्रीकै अर्की उम्मेदवार रेखा थापाप्रति लक्षित गर्दै राजनीति फिल्म खेल्न जस्तो सहज नभएको टिप्पणी गरेकी छन्।

शाही अध्यक्षका उम्मेदवार कमल थापा प्यानलबाट राप्रपा महामन्त्रीको उम्मेदवार छिन्। सोही पदमा राजेन्द्र लिङ्देन समूहबाट रेखा थापा पनि उम्मेदवार छिन्।

उम्मेदवारी दर्तापछि आज भृकुटीमण्डपमा पत्रकारहरूसँग कुराकानी गर्दै शाहीले रेखालाई लक्षित गर्दै फिल्म खेल्न जस्तो राजनीति सहज नहुने बताइन्। ‘उहाँ असाध्यै भ्रममा, राजनीति नै थाहा छैन विचरा,’ रेखालाई लक्षित गर्दै शाहीले भनिन्, ‘राजनीति भन्ने कुरा अब थाहा पाउनु हुन्छ।’

उनले रेखालाई जनताका माझमा जान पनि आग्रह गरेकी छिन्। ‘चुनाव आउँदैछ जनताको माझमा जानुस्। फिल्म खेल्नजस्तो सहज राजनीतिमा हुँदैन,’ उनले भनिन्।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...