News Portal

साढे १७ हजार प्रहरीको बढुवा हुने, कुन पदमा कति बढुवा ?

हिमालीसंचार संवाददाता
३९२ पटक

काठमाडौँ। सरकारले एकैपटक १७ हजार भन्दा धेरै प्रहरीको बढुवा गर्नेगरी प्रहरी नियमावली सशोधन गरेको छ। प्रहरी नियमावली संशोधन भएसँगै अब १७ हजार पाँच सय १७ प्रहरी बढुवा हुने बाटो खुलेको छ।

प्रहरी प्रधान कार्यालयले अब वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा पूर्ण रूपमा ज्येष्ठताका आधारमा बढुवा हुनेछन्। त्यसको गृहकार्यसमेत सुरु गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

संशोधित नियमावलीअनुसार अब सइको २५ प्रतिशत दरबन्दी वरिष्ठ सइमा रूपान्तरण हुनेछ। नेपाल प्रहरीमा सइको तीन हजार नौ सय २८ दरबन्दी छ। अब ज्येष्ठताक्रममा रहेका नौ सय ८२ जना सइ वरिष्ठ सइमा रूपान्तरण हुनेछन्। यसरी बढुवा गर्दा उनीहरूको ग्रेड भने अहिलेकै कायम हुनेछ।

सहायक हवल्दार र वरिष्ठ हवल्दारमा पनि यही नियम लागू हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ। ३० प्रतिशत हवल्दार र वरिष्ठ हवल्दारलाई पनि माथिल्लो पदमा कायम गरिएको छ। नेपाल प्रहरीमा हाज जवानको ४० हजार पाँच सय ८२ दरबन्दी छ।

जसअनुसार अब १२ हजार एक सय ७४ प्रहरी सहायक हवल्दारमा बढुवा हुनेछन्। त्यस्तै, चार हजार तीन सय ५५ हवल्दार वरिष्ठ हवल्दारमा बढुवा हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

नेपाल प्रहरीमा हवल्दारको दरबन्दी १४ हजार पाँच सय १७ छ। संशोधित नियमावली राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...