News Portal

साढे १७ हजार प्रहरीको बढुवा हुने, कुन पदमा कति बढुवा ?

हिमालीसंचार संवाददाता
३३६ पटक

काठमाडौँ। सरकारले एकैपटक १७ हजार भन्दा धेरै प्रहरीको बढुवा गर्नेगरी प्रहरी नियमावली सशोधन गरेको छ। प्रहरी नियमावली संशोधन भएसँगै अब १७ हजार पाँच सय १७ प्रहरी बढुवा हुने बाटो खुलेको छ।

प्रहरी प्रधान कार्यालयले अब वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा पूर्ण रूपमा ज्येष्ठताका आधारमा बढुवा हुनेछन्। त्यसको गृहकार्यसमेत सुरु गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

संशोधित नियमावलीअनुसार अब सइको २५ प्रतिशत दरबन्दी वरिष्ठ सइमा रूपान्तरण हुनेछ। नेपाल प्रहरीमा सइको तीन हजार नौ सय २८ दरबन्दी छ। अब ज्येष्ठताक्रममा रहेका नौ सय ८२ जना सइ वरिष्ठ सइमा रूपान्तरण हुनेछन्। यसरी बढुवा गर्दा उनीहरूको ग्रेड भने अहिलेकै कायम हुनेछ।

सहायक हवल्दार र वरिष्ठ हवल्दारमा पनि यही नियम लागू हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ। ३० प्रतिशत हवल्दार र वरिष्ठ हवल्दारलाई पनि माथिल्लो पदमा कायम गरिएको छ। नेपाल प्रहरीमा हाज जवानको ४० हजार पाँच सय ८२ दरबन्दी छ।

जसअनुसार अब १२ हजार एक सय ७४ प्रहरी सहायक हवल्दारमा बढुवा हुनेछन्। त्यस्तै, चार हजार तीन सय ५५ हवल्दार वरिष्ठ हवल्दारमा बढुवा हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

नेपाल प्रहरीमा हवल्दारको दरबन्दी १४ हजार पाँच सय १७ छ। संशोधित नियमावली राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...