News Portal

युएईको ‘दुबई एक्स्पो’मा साकेला शीली प्रदर्शन

हिमालीसंचार संवाददाता
३९१ पटक

युएई – दुबईको यूएईमा जारी ‘दुबई एक्स्पो’मा नेपालका आदिबासी जनजातिको मौलिक संस्कृति प्रदर्शन गकिएको छ । गत १५ असोजबाट सुरु भएको ‘दुबई एक्स्पो–२०२०’मा नेपाल आदिवासी जनजाति महासंघ यूएईको अगुवाईमा नेपालका विभिन्न जातजातिको मौलिक पहिचान झल्काउने साँस्कृतिक झाँकी तथा साकेला नाच प्रदर्शन सुरु गरिएको हो ।

गत शुक्रबार किरात राई यायोक्खाले आ-आफ्नो पहिचान झल्काउने भेषभुषा र बाजागाजा सहित मौलिक झाँक्री तथा साकेला नाच प्रस्तुत गरेको किरात राई यायोक्खा शाखा दुबईका पूर्वअध्यक्ष हर्कजंग किरातीले हिमालीसंचारडटकमसंग बताए ।

मौलिक संस्कृति झल्किने भेषभुषा सहितको झाँकीको प्रदर्शनीले दुबईमा नेपालको झल्को दिलाएको किरात राई यायोक्खा शाखाका पूर्वअध्यक्ष किरातीले जानकारी दिए । नेपाली झाँकीले एक्स्पोमा आएका विदेशी पर्यटकको समेत ध्यान खिचेको थियो ।

आगामी ६ महिनासम्म चल्ने एक्स्पोमा प्रत्येक शुक्रबार जनजाति महासंघमा आवद्ध संघसंस्थामार्फत तामाङ समुदायको सेलो, नेवार समुदायको लाखे, मगर समुदायको नाच लगायतका साँस्कृतिक झाँकी तथा नाच प्रदर्शन गर्ने तयारी रहेको समते जानकारी दिए।

विश्व स्तरिय मञ्चमा नेपाली मौलिक संस्कृति प्रस्तुत हुनु सिंगो देशको लागि गौरबको विषय भएको आदिवासी जनजाती महासंघ यूएईका संरक्षक पासाङ शेर्पाले बताए । नेपाली मौलिक संस्कृतिलाई बिश्व सामु चिनाउन ‘दुबई एक्स्पो’ महत्वपूर्ण प्लेटफर्म बनेको दावी गरिएको छ ।

युएईको दुबई एक्स्पोका लागि आयोजकले नेपाललाई २१३ वर्गमिटर फिट ठाउँ उपलव्ध गराएको छ । दुबई एक्स्पोमा इम्प्लिमेन्टिङ एक्सपर्ट ग्रुप (आइजी)ले नेपाली टोलीको नेतृत्व गरिरहेको छ ।

एक्स्पोमा नेपाली मौलिक सजावटका स्टलहरु समेत राखिएका छन् । एक्स्पोमा विश्वका १८० देशको पेभेलियन बनाइएको छ । सन् २०२० मै गर्न खोजिएको एक्स्पो कोरोना महामारीका कारण रोकिएको थियो ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...