News Portal

धादिङमा एसजेएस हट एण्ड स्पाईसी होटलको शाखा सन्चालमा

हिमालीसंचार संवाददाता
५०३ पटक

धादिङ – धादिङ नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मिलनटोलमा एसजेएस हट एण्ड स्पाईसी होटलको शाखा सन्चालनमा आएको छ ।आईतबार संविधान सभा सदस्य तथा एकिकृत समाजवादी पार्टी धादिङका ईन्चार्ज गुरु प्रसाद बुर्लाकोटीले हट एण्ड स्पाईसी धादिङ शाखाको उद्घाटन गर्नुभएको हो ।
वेस्टेन परिकारलाई नेपाली स्वादमा विभिन्न परिकारहरु बनाएर चर्चामा रहेको एसजेएस हट एण्ड स्पाईसी होटेलले धादिङको मिलनटोलमा पनि सन्चालनमा ल्याएको प्रमुख ज्ञान गुरुङले जानकारी दिनुभयो ।
१० बर्ष दुवईको विभिन्न पाँच तारे होटलमा काम गरेर फर्किएका ज्ञान गुरुङले नेपाल फर्केर पोखरामा हट एण्ड स्पाईसी होटल सन्चालनमा ल्याउनु भएको थियो ।
अहिले पोखरा सहित देशका ७ भन्दा बढी जिल्लामा उक्त होटलको शाखा सन्चालनमा रहेको हट एण्ड स्पाईसी धादिङ शाखाका सन्चालक एलिजर तामाङले बताउनुभयो।आजबाट सन्चालनमा आएको उक्त होटलमा फास्ट फुड,पिज्जा,वर्गर,स्याण्डह्विच,मट्का चिया,मट्का बिरयानी,सि फुड लगायत अन्य परिकारहरु सस्तो मुल्यमा पाईने केबी लामाले जानकारी दिनुभयो।
उक्त होटलले १० किलोमिटर क्षेत्र वरपर निशुल्क डेलिभरी गर्ने लक्ष्य रहेको गुरुङले बताए ।

प्रतिकृया दिनुहोस्

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...

तीन दिनदेखि सम्पर्कविहीन प्रहरी जवान मृत अवस्थामा फेला

दाङ, माघ ११ – जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला...

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...