News Portal

मुख्य प्रशिक्षक अलमुताइरीको पुन: सम्झौता नवीकरण, उनी नेपाल आईपुगे

हिमालीसंचार संवाददाता
४९२ पटक

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी शनिबार राति नेपाल आइपुगेका छन्।प्रशिक्षक अलमुताइरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय टिमका व्यवस्थापक मधुसुदन उपाध्याय र एन्फाका सदस्य रुपेश अधिकारीले स्वागत गरेका थिए। 

अखिल नेपाल फुटबल संघ (एन्फा) सँग दुई वर्षका लागि सम्झौता नवीकरण गरेका प्रशिक्षक अलमुताइरी आफ्नो कार्यभार सम्हाल्न नेपाल आइपुगेका हुन्।

कुवेती प्रशिक्षक अलमुताइरीले नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलसम्म पुर्‍याएका हुन्। माल्दिभ्समा भएको साफ च्याम्पियन्सिपको फाइनलमा नेपाल भारतसँग ३-० गोल अन्तरले पराजीत भएको थियो। 

फाइनलअघि प्रशिक्षक अलमुताइरीले त्यो नै नेपालका लागि आफ्नो अन्तिम खेल भएको बताएका थिए। माल्दिभ्सबाटै आफ्नो देश कुवेत फर्केका अलमुताइरीले सम्झौता नवीकरण गरेर नेपाल फर्किएपछि नेपाली खेल प्रेमी पनि खुसी भएका सामाजिक संजालहरुमा देखिन्छ। 

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...