News Portal

हिमपातका कारण हिल्सा सीमा नाका दुई दिनदेखि सम्पर्क विहीन

हिमालीसंचार संवाददाता
४१७ पटक

राजन रावत, हुम्ला। 
चीनसँगको सीमा नाका हिल्सा नाका दुई दिनदेखि सम्पर्क विहीन भएको छ। अविरल वर्षा र सो क्षेत्रमा हिमपात भइरहेकाले सम्पर्क विहीन भएको हो। प्रहरी नायब उपरिक्षक हेरम्भ शर्माका अनुसार सोमबार बिहानबाट हिल्साको सीमा सुरक्षा चौकी सम्पर्क विहीन भएको बताउनुभयो।

सो क्षेत्रमा लगातार हिमपाती भई रहेको कारण पावरको कारण प्रहरी सेटमा सम्पर्क हुन नसकेको हुनसक्ने उहाँले बताउनुभयो। हिल्सामा सोमबार नै एक फिट हिउँ जमेको र हिउँ पर्ने क्रम जारी रहेको जानकारी प्राप्त भएको थियो।

अर्को, नेपाल टेलिकमको टावर नबनेको कारण सञ्चार सम्पर्क नहुने र वल्र्डलिंक सेवा पनि सोलारले काम नगरेको कारण बन्द रहेको हुन सक्ने प्रहरीले जनाएको छ। चार हजार मिटरभन्दा उच्च क्षेत्रमा रहेको हिल्सामा सशस्त्र प्रहरीको सीमा सुरक्षा चौकी, नेपाल प्रहरीको सुरक्षा चौकी, हिल्साका होटेल व्यवसायी रहँदै आउनुभएको छ।

यता, सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईको टोली पनि हिल्सामै रोकिएको जनाइएको छ। पाँच हजार मिटर अग्लो नारा लेकमा हिउँ जमेपछि सडक अवरुद्ध हुँदा यातायात बन्द भएको छ। हिमपात धेरै भएको कारण हिल्सा नाका पैदल मार्गबाट कहिले खुल्ने भन्ने एकिन हुनसकेको छैन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...