News Portal

हिमपातका कारण हिल्सा सीमा नाका दुई दिनदेखि सम्पर्क विहीन

हिमालीसंचार संवाददाता
५३७ पटक

राजन रावत, हुम्ला। 
चीनसँगको सीमा नाका हिल्सा नाका दुई दिनदेखि सम्पर्क विहीन भएको छ। अविरल वर्षा र सो क्षेत्रमा हिमपात भइरहेकाले सम्पर्क विहीन भएको हो। प्रहरी नायब उपरिक्षक हेरम्भ शर्माका अनुसार सोमबार बिहानबाट हिल्साको सीमा सुरक्षा चौकी सम्पर्क विहीन भएको बताउनुभयो।

सो क्षेत्रमा लगातार हिमपाती भई रहेको कारण पावरको कारण प्रहरी सेटमा सम्पर्क हुन नसकेको हुनसक्ने उहाँले बताउनुभयो। हिल्सामा सोमबार नै एक फिट हिउँ जमेको र हिउँ पर्ने क्रम जारी रहेको जानकारी प्राप्त भएको थियो।

अर्को, नेपाल टेलिकमको टावर नबनेको कारण सञ्चार सम्पर्क नहुने र वल्र्डलिंक सेवा पनि सोलारले काम नगरेको कारण बन्द रहेको हुन सक्ने प्रहरीले जनाएको छ। चार हजार मिटरभन्दा उच्च क्षेत्रमा रहेको हिल्सामा सशस्त्र प्रहरीको सीमा सुरक्षा चौकी, नेपाल प्रहरीको सुरक्षा चौकी, हिल्साका होटेल व्यवसायी रहँदै आउनुभएको छ।

यता, सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईको टोली पनि हिल्सामै रोकिएको जनाइएको छ। पाँच हजार मिटर अग्लो नारा लेकमा हिउँ जमेपछि सडक अवरुद्ध हुँदा यातायात बन्द भएको छ। हिमपात धेरै भएको कारण हिल्सा नाका पैदल मार्गबाट कहिले खुल्ने भन्ने एकिन हुनसकेको छैन।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...