आज : २०२६-०६-०९, मङ्गलबार

उच्च रक्तचापका कारण पत्रकार माधब शाहीको निधन

कुवेत सिटी।
नेपाल पत्रकार महासंघ कुवेत शाखाका सदस्य पत्रकार माधब शाहीको निधन भएको छ। उच्च रक्तचापको कारण ३६ बर्षिय शाहीको आज (बिहीबार) बिहान मृत्यु भएको बताईएको छ। प्युठानको एरावति-४ का शाही लामो समयदेखि कुवेतमा रहदै आएका थिए। उनको परिवारमा श्रीमती र दुई छोरीहरु रहेका छन।

प्रवासी परोपकारी पत्रकारीतामा सक्रिय शाही एनआरएनए एनसिसि कुवेतका उपाध्यक्ष, दर्शन ठकुरी समाज कुवेतका सल्लाहकार तथा पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका सदस्य रहेका थिए। कुवेतको नेपाली समाजले एउटा दरिलो सामाजिक अभियान्ता गुमाएको छ।

कुवेतस्थित नेपाली राजदूतावासले प्रारम्भिक जानकारी आईसकेको र जति सक्दो छिटो शव स्वदेश पठाउने जनाएको छ।

 

View this post on Instagram

 

A post shared by Himali Sanchar (@himalisanchar)