आज : २०२६-०६-०८, सोमबार

इतिहास रच्दै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पुग्यो

काठमाडौं।
नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। आज बङ्गलादेशविरुद्ध महत्वपूर्ण खेलमा बराबरी गर्दै नेपालले फाइनलको यात्रा तय गरेको हो।

राउन्ड रोबिनका आधारमा खेलाइएको खेलमा नेपालका लागि बराबरी पर्याप्त थियो। खेलको नवौं मिनेटमा नेपाल १-० ले पछि परेको थियो। तर, खेलको अन्ततिर अञ्जन बिष्टले पेनाल्टीमार्फत् गोल गरी टोलीलाई फाइनलमा पुर्याएका थिए।

खेलको अन्ततिर बङ्गलादेशका खेलाडी रातो कार्ड खाएर बाहिरिएका थिए। त्यसपछि नेपाल खेलमा झन् हावी भएको थियो।

 

View this post on Instagram

 

A post shared by Himali Sanchar (@himalisanchar)