News Portal

  • तोकिएको मितिमा एनआरएनए दसौँ महाधिवेशन नहुने निश्चित

    हिमालीसंचार संवाददाता
    ३३० पटक

    काठमाडौँ।
    गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को विश्व सम्मेलन तथा दसौँ महाधिवेशन तोकिएको समयमा नहुने भएको छ। विवादले उग्र रूप लिएपछि परराष्ट्र मन्त्रालयले यसअघिनै निर्वाचनका गतिविधि रोक्न भनेको थियो। यद्यपि निर्वाचन समयमै हुने दाबी हुँदै आएको थियो।

    यसैबीच परराष्ट्र मन्त्रालयले पुनः अध्यक्ष कुमार पन्तलाई ६५ प्रतिशत पुरानो समितिलेले चयन गर्न पाउने प्रावधान विधान अनुरूप नभएको भन्दै पुनः पत्र पठाएपछि थप अन्योल भएको हो।

    परराष्ट्रले पठाएको पत्रमा मुख्य तीन कुरालाई जोड दिइएको एनआरएनका महासचिव हेमराज शर्माले जानकारी दिए। परराष्ट्रको पत्र सार्वजनिक नभए पनि आफूले अध्यक्ष कुमार पन्तसँग टेलिफोनमार्फत कुराकानी गरेर परराष्ट्रको पत्रबारे जानकारी लिएको बताए।

    पत्रमा ६५५ महाधिवेशन प्रतिनिधि नयाँ वा पुरानो कार्यसमिति कसले छान्ने विधानमा उल्लेख नभएकोले पूर्व अभ्यास अनुसार गर्ने भनिएको छ। यस्तै एनसिसिको महाधिवेशन अनिवार्य रूपमा जुलाई १-३१ तारिख सम्म सम्पन्न हुनुपर्ने र महाधिवेशन प्रतिनिधिको विवरण अगस्ट १५ सम्म सचिवालयमा पठाउनु पर्नेसमेत बताएको छ।

    यस्तै, पत्रमा विद्यार्थीहरू सदस्य बनेका छन् भने त्यसको पुनरावलोकन गर्ने समेत भनिएको छ। ६५ प्रतिशत पुरानो समितिलेले चयन गर्न पाउने प्रावधान विधान अनुरुप भएन र यो प्रावधान विधानमा कतै नदेखिएको भनेर परराष्ट्रले स्पष्ट रूपमा भनेको छ।

    एनआरएनका महासचिव हेमराज शर्माले ६५ प्रतिशत पुरानो कार्यसमितिलेले चयन गर्न पाउने प्रावधान विधान अनुरूप भएन र यो प्रावधान विधानमा कतै देखिएन भन्ने परराष्ट्र मन्त्रालयको पत्रबारे आपत्ति जनाए।

    ‘६५५ महाधिवेशन प्रतिनिधि नयाँ वा पुरानो कार्यसमिति कसले छान्ने विधानमा उल्लेख नभएको भन्ने परराष्ट्र मन्त्रालयको भनाइमा सत्यता छैन। किनभने विधानको अनुसूची ६(क) मा उल्लेख गरिएको छ ‘प्राथमिकताको सूचीमा रहेका व्यक्तिले (अर्थात् ६५५ मा पर्ने योग्यता भएका व्यक्तिले)ले राष्ट्रिय समन्वय परिषद्को निर्वाचन पूर्व तोकिएको प्रणालीमा आफ्नो नाम दर्ता गराउनु पर्नेछ’।

    ‘राष्ट्रिय समन्वय परिषद्को निर्वाचन पूर्व’ कुन कार्यसमिति हुन्छ भन्ने उल्लेख गर्नु पर्दैन। निर्वाचन भन्दा पहिले पुरानो कार्यसमिति नै अस्तित्वमा रहेको हुन्छ। अतः नयाँ कार्यसमितिले ६५५ प्रतिनिधि छान्न पाउनुपर्छ भन्ने तर्क विधान विपरीत छ’, उनले भने।

    परराष्ट्र मन्त्रालयको पत्रमा एनसिसिको महाधिवेशन अनिवार्य रूपमा जुलाई १-३१ तारिखसम्म सम्पन्न हुनुपर्छ भनेर विधानमा नै तोकिएको हुनाले जुलाई अघि वा, पछि गरिएको चुनाव अवैध घोषणा गरी पुनः गराउन निर्देशन समेत दिइएको छ।

    जसले गर्दा जुलाईमा निर्वाचन हुन नसकेका एनसिसिलाई स्वतः बदर भएका छन्। जुलाई ७ मा निर्वाचन भएको डेनमार्क, अमेरिका, बेलायत, पोर्चुगल, फ्रान्स, साइप्रस, ओमानलगायतका एनसिसीको निर्वाचन अब पुनः गर्नुपर्ने भएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...

    प्रचण्डलाई भावुक पत्र लेख्दै प्रकाश चन्द्र पाण्डेले नेकपा छाडे

    काठमाडौँ, कार्तिक २७ — नेकपा (माओवादी केन्द्र) का उपत्यका विशेष प्रदेश उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे...

    १३२/३३ केभी केरौन सब–स्टेशनको निर्माण कार्य अन्तिम चरणमा

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – मोरङको कानेपोखरी गाउँपालिका–२, केरौन बजार नजिक निर्माण भइरहेको १३२/३३ केभी सब–स्टेशनको...

    रंगेलीमा लागुऔषध सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – नेपाल औषधि व्यवसायी संघ मोरङ जिल्ला शाखाले लागुऔषध विषयमा छलफल तथा...