News Portal

साउदी अरबको विमानस्थलमा ड्रोन आक्रमण, १० जनाको मृत्यु

हिमालीसंचार संवाददाता
६२७ पटक

एजेन्सी।
साउदी अरेबियाको जाजन सहरमा रहेको विमानस्थलमा ड्रोन हमला हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने, एक दर्जन मानिस घाइते भएका छन्। यमनसंग सिमाना जोडिएको उक्त सहरको विमानस्थलमा हिजो (शुक्रबार) राती हमला भएको हो।

ड्रोन आक्रमणबाट विमानस्थलमा रहेका ६ जना साउदी अरेवियन, ३ जना बङ्गलादेशी र एक जना सुडानीको मृत्यु भएको र विमानस्थलको भौतिक क्षति पनि ठुलो भएको जनाइएको छ। घाइतेहरु मध्ये ५ जनाको अवस्था अज्ञात रहेको र पाँच जना सामान्य घाइते भएको पनि साउदी अधिकारीहरुलाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले जनाएका छन्।

आक्रमणको जिम्मा अहिलेसम्म कसैले नलिए पनि साउदी अरब नेतृत्वको सुरक्षा फौजमाथि निशाना लगाउँदै आएको यमनको हुथी फोर्सको हात रहेको अनुमान गरिएको छ। गत अगस्टमा पनि सोही विमानस्थलमा ड्रोन आक्रमण भएको थियो।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...