News Portal

हङकङमा अविरल बर्षाका कारण स्काफफोल्ड भत्किदा एक महिलाको मृत्यु

सामुन्द्रिक आँधी “ताईफुन” समेत रोकिएको छैन

हिमालीसंचार संवाददाता
६०९ पटक

युवा राई/हङकङ – हङकङमा बिहिबार बेलुकीदेखि शुरुभएको सामुद्रिक आँधीबेहरी रोकिएको छैन। अविरल भारी बर्षाका कारण हङकङमा स्काफफोल्ड भत्किदा केही सर्वसाधारण सामान्य घाईते भएका छन् भने एक जना महिला कामदारको मृत्यु भएको छ।

हङकङको ह्याप्पी भेलीस्थित ब्राडवुड रोडमा हावाहूरीले स्काफफोल्ड भत्काउंदा त्यहाँ कार्यरत कामदारमध्ये एक महिला कामदारको मृत्यु भएको हो। उनको वानचाईस्थित रतनजी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

उनीसंगै सो घटनामा परेका अरु कामदारहरुको उद्धार गरिएको छ। भत्किएको स्काफफोल्डमा परेर दुई ओटा कारमा समेत क्षति पुगेको छ। सामान्य घाइते भएका एक चालकलाई उपचारका लागि अस्पताल लगिएको छ । अर्का एकजानलाई कुनै चोटपटक लागेको छैन।

हङकङको मौसमसम्बन्धी जानकारी दिने निकाय माई अब्जरभेटरीले हङकङमा आँधीबेहरीसंगै भारी बर्षा हुने चेतावनी दिंदै सर्वसाधारण नागारिकलाई घरभन्द बहिरा ननिस्किन सचेत गरेको छ।

हङकङको माई अब्जरभेटरीले हङकङमा रेड रेनस्ट्रोम, स्ट्रोङ विन्ड सिग्नल ३ जारी गरेको छ। भने यस्तो बेला भारी वर्षा र आँधीबेहरीसंगै अप्रिय  घटना धटन् सक्ने हुनाले सर्वसाधारण नागारिकलाई सजग र सचेत हुन हङकङ सरकारले अपिल गरेको छ ।

प्रतिकृया दिनुहोस्

पश्चिम बंगालमा Nipah भाइरस देखिएपछि नेपालमा सतर्कता कडा

काठमाडौं, माघ १५ – भारतको पश्चिम बंगालमा Nipah भाइरसका केही पुष्टि भएका केसहरू भेटिएपछि दक्षिण...

आज २०८२ साल माघ १५ गतेको राशिफल

आज माघ १५, २०८२ (जनवरी २९, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...