News Portal

हङकङमा अविरल बर्षाका कारण स्काफफोल्ड भत्किदा एक महिलाको मृत्यु

सामुन्द्रिक आँधी “ताईफुन” समेत रोकिएको छैन

हिमालीसंचार संवाददाता
६६४ पटक

युवा राई/हङकङ – हङकङमा बिहिबार बेलुकीदेखि शुरुभएको सामुद्रिक आँधीबेहरी रोकिएको छैन। अविरल भारी बर्षाका कारण हङकङमा स्काफफोल्ड भत्किदा केही सर्वसाधारण सामान्य घाईते भएका छन् भने एक जना महिला कामदारको मृत्यु भएको छ।

हङकङको ह्याप्पी भेलीस्थित ब्राडवुड रोडमा हावाहूरीले स्काफफोल्ड भत्काउंदा त्यहाँ कार्यरत कामदारमध्ये एक महिला कामदारको मृत्यु भएको हो। उनको वानचाईस्थित रतनजी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

उनीसंगै सो घटनामा परेका अरु कामदारहरुको उद्धार गरिएको छ। भत्किएको स्काफफोल्डमा परेर दुई ओटा कारमा समेत क्षति पुगेको छ। सामान्य घाइते भएका एक चालकलाई उपचारका लागि अस्पताल लगिएको छ । अर्का एकजानलाई कुनै चोटपटक लागेको छैन।

हङकङको मौसमसम्बन्धी जानकारी दिने निकाय माई अब्जरभेटरीले हङकङमा आँधीबेहरीसंगै भारी बर्षा हुने चेतावनी दिंदै सर्वसाधारण नागारिकलाई घरभन्द बहिरा ननिस्किन सचेत गरेको छ।

हङकङको माई अब्जरभेटरीले हङकङमा रेड रेनस्ट्रोम, स्ट्रोङ विन्ड सिग्नल ३ जारी गरेको छ। भने यस्तो बेला भारी वर्षा र आँधीबेहरीसंगै अप्रिय  घटना धटन् सक्ने हुनाले सर्वसाधारण नागारिकलाई सजग र सचेत हुन हङकङ सरकारले अपिल गरेको छ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...