News Portal

हङकङ आएका ३ जना नेपाली कोरोना पुष्टि, फेरी नेपाल वायु सेवा निगम प्रतिबन्ध

हिमालीसंचार संवाददाता
६६२ पटक

युवा राई/हङकङ – हङकङमा सेन्टर फर हेल्थ प्रोटेक्शनले विहीवारको प्रेस ब्रिफिङमा हङकङमा नेपालबाट आएका ३ जान र अन्य देशबाट आएका ८ जानमा कोरोनाका बिमारी थपिएको जनाएको छ।

त्यस्तै, हङकङमा कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,२५२ पुगेको छ। यसका साथै स्वास्थ्या विभागका अनुसार आज हङकङमा कोरोनाका संक्रमि सुन्य रहेको छ। 

बाहिरबाट आएका सङ्क्रमितमध्ये नेपालबाट आएका ३ जना पुरुष रहेका छन्। तीनै जनाले कोरोनाविरुद्ध १/१ डोज खोप लिएको जनाइएको छ। नेपालबाट आएका ३ यात्रुमा कोरोना पोजेटिभ देखिएसंगै हङकङ सरकारले नेपाल वायुसेवा निगमको RA409 हङकङमा ७ देखि २० अक्टोबरसम्म उडान प्रतिबन्ध लगाएको छ ।

त्यस्तै, अरु आयातित सङ्क्रमित केसहरुमा पाकिस्तानबाट ४ जना र एक जना फिलिपिन्सबाट आएकी घरेलु सहयोगी रहेका छन्।

पछिल्लो १४ दिनमा ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ति सबै आयातित सङ्क्रमित रहेका छन्। हङकङमा कोरोना सङ्क्रमित ५३ जनाको उपचार भइरहेको छ। आज थप १ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...