News Portal

केडब्लु काठमाडौं एयर कार्गो कुवेतका बसन्त पुन सम्पर्क विहीन, सामान अझै पुगेन नेपाल

हिमालीसंचार संवाददाता
२३२२ पटक

कुवेत सिटी। तपाई हाम्रो एक मात्र भरपर्दो र विश्वासिलो कार्गो सेवा कुबेतदेखि नेपालको जुनसुकै जिल्लामा पनि सामान पठाउन सकिने हामीलाई सम्झनुहोस भनेर लेखिएको थियो तर अहिले आएर उल्टो भएछ। के.डब्लु.काठमाडौं एयर कार्गो सर्भिस कुवेतबाट नेपाल पठाएको सामान १० महिना हुँदासमेत सामान पुगेको छैन भन्दा अचम्म लाग्न सक्छ तर, यो यहि वास्तविक हाे।

फेब्रुअरीमा पठाएको सामान आजको मितिसम्म प्राप्त नभएपछि धेरै पिडितले समाजिक सञ्जालमा आफूले पठाएको सामानकाे बिलसहित गुनासो पोस्ट गरेको हामीले भेटेका छौं। धेरै पटक कार्गो पीडित र हामी स्वयं बसन्त पुन मगरलाई स्थलगत भेटेका थियौं। भेटघाटकै क्रममा उहाँले १० दिन १५ दिनभित्र म जति पनि सामान छ सबै पठाउँछु भनेर बारम्बार भनुभयाे तर त्यो वास्तविक रुपमा भएन।

१ महिनाभित्र सामान पठाइदिन्छु नेपाल भनेर भनेकाे चार महिनाभन्दा बढी भयाे। अहिले आएर बसन्त पुन मगरले कुनैपनि व्यक्तिको फोन कल नउठाउने र जिलिबस्थित कोठामा पनि बस्न नआएको जानकारी हामीलाई एक जना पिडितले भने।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...