News Portal

केडब्लु काठमाडौं एयर कार्गो कुवेतका बसन्त पुन सम्पर्क विहीन, सामान अझै पुगेन नेपाल

हिमालीसंचार संवाददाता
२१९१ पटक

कुवेत सिटी। तपाई हाम्रो एक मात्र भरपर्दो र विश्वासिलो कार्गो सेवा कुबेतदेखि नेपालको जुनसुकै जिल्लामा पनि सामान पठाउन सकिने हामीलाई सम्झनुहोस भनेर लेखिएको थियो तर अहिले आएर उल्टो भएछ। के.डब्लु.काठमाडौं एयर कार्गो सर्भिस कुवेतबाट नेपाल पठाएको सामान १० महिना हुँदासमेत सामान पुगेको छैन भन्दा अचम्म लाग्न सक्छ तर, यो यहि वास्तविक हाे।

फेब्रुअरीमा पठाएको सामान आजको मितिसम्म प्राप्त नभएपछि धेरै पिडितले समाजिक सञ्जालमा आफूले पठाएको सामानकाे बिलसहित गुनासो पोस्ट गरेको हामीले भेटेका छौं। धेरै पटक कार्गो पीडित र हामी स्वयं बसन्त पुन मगरलाई स्थलगत भेटेका थियौं। भेटघाटकै क्रममा उहाँले १० दिन १५ दिनभित्र म जति पनि सामान छ सबै पठाउँछु भनेर बारम्बार भनुभयाे तर त्यो वास्तविक रुपमा भएन।

१ महिनाभित्र सामान पठाइदिन्छु नेपाल भनेर भनेकाे चार महिनाभन्दा बढी भयाे। अहिले आएर बसन्त पुन मगरले कुनैपनि व्यक्तिको फोन कल नउठाउने र जिलिबस्थित कोठामा पनि बस्न नआएको जानकारी हामीलाई एक जना पिडितले भने।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...