News Portal

मगर फुटाउन खोज्ने दलालविरुद्ध कठोर कदम चाल्ने मगर संघको चेतावनी

हिमालीसंचार संवाददाता
४०३ पटक

काठमाडौं – राष्ट्रिय जनगणना सुरु भइसकेको बेला ‘पुन समाज नेपाल’को लेटरहेडमा गत भदौ ३१ गते जारी गरिएको एक अपिल पत्रले मगर समुदायमा खैलाबैला मच्चिएको छ ।

उक्त पत्रमा जनगणनामा पुन मगरहरुका लागि ‘जातिमा पुन, मातृभाषामा पुन र धर्ममा कर्पाकेली’ लेखाउन अपिल गरिएको छ ।सोको नेपाल मगर संघका अध्यक्ष नविन रोका मगर र महासचिव ज्ञानेन्द्र पुन मगरले असोज १ गते एक प्रेस विज्ञप्ति जारी गरी घोर भत्र्सना गरेका छन् ।

विज्ञप्तिमा मगर जाति र समाजको विकास र अधिकार दिलाउने नाममा मगर जाति र समाज विभाजन गर्नका लागि कुनै पनि मगर संघसंस्था स्थापना गर्ने र चलाउने छुट नभएको प्रष्ट पारिएको छ ।

‘मगर जाति र समाजको विकास र अधिकार दिलाउने नाममा मगर जाति र समाज विभाजन गर्नका लागि मगर समाजभित्रका कुनै पनि मगर संघसंस्था स्थापना गर्ने र चलाउने छुट वा सुविधा हरबखत कसैलाई छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘विगतमा कुनै पनि कारणले सिर्जना भएका समस्याहरुलाई हल गर्न अहिले नेपाल मगर संघको केन्द्रीय समिति, संरक्षक समिति र सल्लाहकार समितिमा पुन समाज नेपाल र पुन मगर समाज नेपाल यी दुईवटा संस्थाबाट प्रतिनिधि राखेर काम गरेको पाँच वर्ष भइसकेको छ।

मगर संघको विज्ञप्ति 

आज फेरि मगर जातिभित्रको विभिन्न मौलिक थरहरुमध्ये पुन थरलाई जात र मगर मातृभाषालाई पुन भाषा भन्ने भनेर पैसाका लागि मगर एकता फुटाउने केही दलाल वा कुनै बेला कुनै पनि कारणले पुन मगर जातको आवरण लिएका केही नक्कली पुन मगर बनेका जासुसीहरुको गलत प्रचार र मगर जाति फुटाउने भ्रममा आम मगरजनहरु नपर्न नेपाल मगर संघको तर्फबाट जानकारी गराउँदछौं ।’

विज्ञप्तिमा अहिलेसम्म मगरलाई फुटाउने तत्वहरुको एक–एक हिसाब राखिएको भन्दै मगर एकता भत्काउने कार्य नरोकिए कठोर कदम चालिने समेत उल्लेख छ । विज्ञप्तिमा जनगणनामा ‘जातिमा मगर, मातृभाषामा मगर ढुट वा मगर खाम/पाङ वा मगर काइके र धर्ममा प्रकृतिपूजक वा बुद्ध’ लेखाउन अपिल गरिएको छ ।

पुन समाजको अपिल

प्रतिकृया दिनुहोस्

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित तर किसान खुसी

हुम्ला, १५ माघ – हुम्लामा लगातार दुई दिनसम्म परेको भारी हिमपातले जनजीवनलाई प्रभावित पारेको छ।...