News Portal

बिहान खाली पेटमा चिया पिउदा क्यान्सर निम्तिने सम्भावना

हिमालीसंचार संवाददाता
५९७ पटक

काठमाडौँ।
धेरैले बिहान उठ्ने वित्तिकै चिया पिउने गर्छन्। चिया पिउन सौखिनहरु दिनमा ४ देखि ५ कम चिया पिउने गर्छन्। पछिल्लो समय सामाजिक सञ्जालमा हुने चियाको चर्चाले चिया पिउनु “स्टेटस सिम्बल” को रुपमा लिन थालिएको छ। यसकारण पनि मानिसहरुमा चियाको लत लाग्दै गएको पाइन्छ।

धेरै चिया पिउँदा शरीरमा नराम्रो असर पर्छ। र, कहिल्यै खाली पेटमा चिया पिउनु हुँदैन। अध्ययनका अनुसार खाली पेटमा चिया पिउँदा एसिडिटी बढ्ने, क्यान्सर लाग्ने जस्ता गम्भीर रोग लाग्ने सम्भावना हुन्छ। चियासँग सधैँ केही न केही खानेकुरा खाने गर्नुपर्छ। धेरै चिया पिउँदा उमेर पनि कम हुँदै जाने अध्ययनमा उल्लेख छ।

खाली पेटमा मात्र होइन खाना खाने वित्तिकै पनि चिया पिउनु स्वास्थ्यका लागि हानिकारक हुनसक्छ। खानामा पोषक तत्व हुन्छ। खानामा भएको पोषक तत्व शरीरले सोस्नका लागि समय लाग्ने गर्छ। खाना खाने वित्तिकै पाचन प्रक्रिया सुस्त हुन्छ जसले गर्दा खानामा भएको पोषक तत्व शरीरमा लाग्न पाउँदैन। जसको कारण मधुमेह जस्ता रोगहरु लाग्न सक्छ।

मधुमेह यस्तो रोग हो जसले अन्य विभिन्न प्रकारका रोगहरूलाई आमन्त्रित गर्छ। धेरै चिया पत्ती हालेको कडा चिया, धेरै बेर पकाएको दुध चिया, बारम्बार तताएको चिया पिउँदा एसिडिटीको पनि समस्या हुन्छ।

– एजेन्सी

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...