News Portal

साकेला गाउँपालीकामा ७१ जना नेपाली काङ्ग्रेसमा प्रवेश, नेता रविप्रकाशले गरे स्वागत

हिमालीसंचार संवाददाता
८५४ पटक

खोटाङ– नेपाली काङ्ग्रेस साकेला गाउँपालीका वडा. नं. २ रतन्छामा नेकपा एमाले, माओवादी केन्द्र, जसपा परित्याग गरि ७१ जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन। शनिवार आयोजित पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशिहरुलाई नेपाली काङ्ग्रेस खोटाङका महासमिती सदस्य एवं युवा नेता रविप्रकाश राईले स्वागत गरेका थिए।

नवप्रवेशिहरुलाई पार्टीमा कार्यक्रमका प्रमुख अतिथी रविप्रकाश राई लगायत अन्य विशेष अतिथिहरुले , अबिर माला लगाएर स्वागत गरेका हुन।
एमाले परित्याग गरि काङ्ग्रेसमा प्रवेश गर्नेमा अविशन राई, शम्भु कुमार राई, निशान परियार, शैलेश राई लगायतका ७१ जना नेता कार्यकर्ताहरु हुन।

प्रमुख अतिथि रविप्रकाशले सम्बोधनका क्रममा उनिहरुको राजनीतिक जिवनको उचित मुल्यांकन गर्दै उपयुक्त जिम्मेवारी प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। साथै नेता राईले काङ्ग्रेसको राजनीतिक मार्गमा मुलुक हिडिरहेको बेला देश निर्माणको महाअभियानमा पार्टी प्रवेशले ठूलो अर्थ राख्ने समेत बताए।

पार्टीका नवनिर्वाचित वडा सभापती शिव कुमार राईको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथी युवा नेता रविप्रकाश राई, विशेष अतिथी महाधिवेशन प्रतिनिधि सहरमान राई, नेबिसंघ खोटाङका पुर्व अध्यक्ष एवं पार्टी जिल्ला सदस्य दिनेश घिमिरे, नेपाल तरुण दल जिल्ला अध्यक्ष भिषण राई, साकेला गाउपालीका उपाध्यक्ष सरिता खड्का, साकेला गाउँपालीका, बाझे च्यानडाडा वडाध्यक्ष विजय गुरुङ, मात्तिम वडाध्यक्ष कृष्ण भट्टराई, नेपाली काङ्ग्रेस क्षेत्र नं. २, सह-सचिव सोमराज राई, तरुण विभाग प्रदेश १ सदस्य, सिजन राई, कवि राई, धनपाल राई, नेबिसंघ उपाध्यक्ष जीवन न्यौपाने साथै पार्टीका अन्य नेता कार्यकर्ताको भव्य उपस्थिती रहेको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...