News Portal

साकेला गाउँपालीकामा ७१ जना नेपाली काङ्ग्रेसमा प्रवेश, नेता रविप्रकाशले गरे स्वागत

हिमालीसंचार संवाददाता
९३६ पटक

खोटाङ– नेपाली काङ्ग्रेस साकेला गाउँपालीका वडा. नं. २ रतन्छामा नेकपा एमाले, माओवादी केन्द्र, जसपा परित्याग गरि ७१ जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन। शनिवार आयोजित पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशिहरुलाई नेपाली काङ्ग्रेस खोटाङका महासमिती सदस्य एवं युवा नेता रविप्रकाश राईले स्वागत गरेका थिए।

नवप्रवेशिहरुलाई पार्टीमा कार्यक्रमका प्रमुख अतिथी रविप्रकाश राई लगायत अन्य विशेष अतिथिहरुले , अबिर माला लगाएर स्वागत गरेका हुन।
एमाले परित्याग गरि काङ्ग्रेसमा प्रवेश गर्नेमा अविशन राई, शम्भु कुमार राई, निशान परियार, शैलेश राई लगायतका ७१ जना नेता कार्यकर्ताहरु हुन।

प्रमुख अतिथि रविप्रकाशले सम्बोधनका क्रममा उनिहरुको राजनीतिक जिवनको उचित मुल्यांकन गर्दै उपयुक्त जिम्मेवारी प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। साथै नेता राईले काङ्ग्रेसको राजनीतिक मार्गमा मुलुक हिडिरहेको बेला देश निर्माणको महाअभियानमा पार्टी प्रवेशले ठूलो अर्थ राख्ने समेत बताए।

पार्टीका नवनिर्वाचित वडा सभापती शिव कुमार राईको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथी युवा नेता रविप्रकाश राई, विशेष अतिथी महाधिवेशन प्रतिनिधि सहरमान राई, नेबिसंघ खोटाङका पुर्व अध्यक्ष एवं पार्टी जिल्ला सदस्य दिनेश घिमिरे, नेपाल तरुण दल जिल्ला अध्यक्ष भिषण राई, साकेला गाउपालीका उपाध्यक्ष सरिता खड्का, साकेला गाउँपालीका, बाझे च्यानडाडा वडाध्यक्ष विजय गुरुङ, मात्तिम वडाध्यक्ष कृष्ण भट्टराई, नेपाली काङ्ग्रेस क्षेत्र नं. २, सह-सचिव सोमराज राई, तरुण विभाग प्रदेश १ सदस्य, सिजन राई, कवि राई, धनपाल राई, नेबिसंघ उपाध्यक्ष जीवन न्यौपाने साथै पार्टीका अन्य नेता कार्यकर्ताको भव्य उपस्थिती रहेको थियो।

प्रतिकृया दिनुहोस्

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...