News Portal

नेपाल आदिवासी जनजाति महासंघ युएईको अधिवेशन सम्पन्न अध्यक्षमा विजयलक्ष्मी राई

हिमालीसंचार संवाददाता
६४३ पटक

युएई – नेपाल आदिवासी जनजाति महासंघ युएईको अधिवेशन सम्पन्न भएको छ। अध्यक्षमा विजयलक्ष्मी राई चयन भएकी छिन् । गत शुक्रबार सम्पन्न भएको अधिवेशनले राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

विजयलक्ष्मी यसअघि महासंघको वरिष्ठ उपाध्यक्ष रहेकी थिइन् । अध्यक्ष पदमा चयन भएसँगै राईले आफ्नो कार्यकालमा आवद्ध सबै जातिय संघसंस्था तथा विदेशी शाखासँग समन्वय गरेर आदिवासी जनजातिको मुल मुद्धालाई उठान गर्ने बताए । 

संस्थालाई ‘नेफिन’ युएईमा दर्ता प्रक्रियालाई अगाडि बढाउने प्रतिवद्धता समेत जाहेर करिन्। राईले हिमालीसंचार डटकमसंगको कुराकानीमा “आफ्नो जिम्मेवारीप्रति पूर्ण कर्तव्यनिष्ट हुने प्रतिवद्धता जनाउँदछु।”

नेपाल जनजाति महासंघ युएईका अध्यक्ष पदका लागि बिजयालक्ष्मी राईसहित तीन जनाले उमेदवारी दिएका थिए । सुरुमा सहमतिमा कार्यसमिति चयन गर्ने भनिए पनी प्रयास असफल भएपछि निर्वाचन संयोजक डेरराज गुरुङको संयोजत्वमा अनलाइन भोटिङको व्यवस्था गरिएको थियो । भोटिङमा विभिन्न १० जातीय संघसंस्था सहभागी भएका थिए ।

नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा नविन दोङ, (तामाङ समाज युएई), उपाध्यक्षमा डम्बर लिबाङ लिम्बू (किरात याक्थुङ चुम्लुङ युएई), उपाध्यक्षमा निमा शेर्पा (शेर्पा किदुग युएई), महासचिव रन्जन भुजेल (प्रवासी भुजेल सेवा समाज युएई) र सचिवमा रिन्जिन पासाङ शेर्पा (शेर्पा किदुग युएई) चयन भएका छन् ।

यस्तै, महासंघको प्रवक्तामा पदम योञ्जन (तामाङ समाज युएई), कोषाध्यक्ष बिक्रम पधाक लिम्बू (किरात याक्थुङ चुम्लुङ युएई) र सहकोषाध्यक्षमा सोनु थोकर (तामाङ समाज युएई) चयन भएका छन् ।

महिला प्रमुखमा मनु गाहा मगर (नेपाल मगर शाखा युएई) रहेको महासंघको सदस्यहरुमा पासाङ शेर्पा, यमन घर्ती, राजेन्द्र थापा मगर, भुपेन्द्र थनेत, सुर्यनारायण चौधरी, भगिरथी कुमार भगत, दलबहादुर जिटी, राजु गुरुङ, प्रबिन गुरुङ, पेचकुमार सुनुवार, रमाकुमारी सुनुवार र धनकृष्ण राई रहेका छन् ।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...