News Portal

हरीबहादुर काफ्ले मगरको सम्झना लामालाई ठाडो आदेश “भन्दया छु बुढी पाइन्ट”

हिमाली संचार संवाददाता
६५६ पटक

राजु बोहरा/काठमाडौँ – हिन्दु नारीहरुको महान चाड हरितालिका तीज बिशेष गीतहरु पछिल्लो समयमा प्रसस्त सार्बजनिक भैरहेका छन् । सोहि क्रममा हरी बहादुर काफ्ले मगर र बुद्ध लामाको संयुक्त प्रस्तुति “भन्दया छु बुढी पाइन्ट नलाउ साडी” बोलको गीत पनि संगीत सरोबरको युट्युब च्यानल मार्फत हालै सार्बजनिक भएको छ । जब तीज आउछ, त्यस पछी आफ्नो श्रीमान संग अनेकौं किसिमको माग हुने गर्दछ, त्यो मागमा पनि समझदारी भएको भाव प्रस्तुत गीतमा पाइएको छ ।

पल्लो घरको दिदीले आइ फोन बोकी हिड्छ, न त मलाई साडी दिन्छ न पाइन्ट दिन्छ, भन्देउन बुढा पाइन्ट लाउँ कि साडी भन्दै एक श्रीमतीले ब्यक्त गरेको भावलाई प्रतिउत्तमा श्रीमानको तर्फ बाट, घाटी हेरी हाड निल्नु पर्छ र देशको सारा संस्कृतिलाई हामीले भुल्नु हुन्न भन्दै सामाजिक विकृतिलाई यस गीतले प्रहार गर्न खोजेको छ ।

तिर्थ बिरक्त पाख्रिनको रोमान्चक लय शब्दले सजिएको यस गीतलाई हरि बहादुर काफ्ले मगर र सम्झना लामा अविरलको कर्णप्रिय स्वर रहेको छ । “भन्दया छु बुढी पाइन्ट नलाउ साडी” बोलको गीतलाई अहिले भने एनिमेसन भिडियोको रुपमा मात्रै सार्बजनिक गरिएको छ ।हामी संगीत सरोबर को तर्फ बाट यस गीत संग सम्बन्धित कलाकारहरुलाई सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

एनिमेसन भिडियो हेर्न र गीत सुन्नको लागि तल क्लिक गर्नु होला ।

प्रतिकृया दिनुहोस्

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...