News Portal

कल्याणकारी नेपाली युवा समाज कुवेतको अध्यक्षमा सुवास श्रेष्ठ चयन

हिमालीसंचार संवाददाता
४३० पटक

कुवेत – कल्याणकारी नेपाली युवा समाज कुवेतको तेश्रो अधिवेशन सम्पन्न भएको छ। अध्यक्षमा सुवास श्रेष्ठ र महासचिवमा आङ्नोर्बु शेर्पा सर्वसम्मत चयन भएका छन।

कल्याणकारी नेपाली युवा समाज कुवेतको तेश्रो अधिबेशन १७ सेप्टेम्बर २०२१ शुक्रबारकाे दिन कुवेतस्थित कवट हलमा अध्यक्ष निराज सिंह थकुरीको सभापतित्वमा नेपाली दूतावास कुवेतकाराजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

त्यसैगरी विशिष्ट अतिथिमा गैर आवासीय नेपाली सङ्घ कुवेतका संरक्षकद्वय अर्जुन तामाङ र सुजन केसी, आईसिसी सदस्यद्वय हरी लावती र माधव पौडेल, अध्यक्ष रनध्वज लामा लगायत समाजसेवी, पत्रकार, कलाकार, खेलाडी, विभिन्न संघसस्थाबाट प्रतिनिधित्व गरेर उपस्थित प्रतिनिधि र कुवेतमा कार्यरत नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम संचालन केशर घलान तामाङले गरेका थिए भने कार्यक्रम संयोजक दिपक कार्की रहेका थिए। कल्याणकारी नेपाली युवा समाज कुवेतको तेश्रो अधिवेशनबाट ५३ जना कार्यसमिति सदस्य निर्वाचन प्रमुख हरी लावतीले घोषणा गरेका थिए। कुवेतको नेपाली समाजमा ‘हाम्रो एकता समाज सेवामा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ सन २०१७ मा स्थापना भएको समाजले कुवेतको नेपाली समाजमा खेलकुद तथा सामाजिक र मानवीय सेवाका कार्यहरू गर्दै आएको छ।

साथै, नेपालमा पनिविभिन्न किसिमका पीडितहरुलाई आर्थिक सहयोग गर्दै आएको छ। कल्याणकारी नेपाली युवा समाज कुवेतको नयाँ कार्यसमिति यस प्रकारको रहेको छ।

 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...