News Portal

कल्याणकारी नेपाली युवा समाज कुवेतको अध्यक्षमा सुवास श्रेष्ठ चयन

हिमालीसंचार संवाददाता
५१४ पटक

कुवेत – कल्याणकारी नेपाली युवा समाज कुवेतको तेश्रो अधिवेशन सम्पन्न भएको छ। अध्यक्षमा सुवास श्रेष्ठ र महासचिवमा आङ्नोर्बु शेर्पा सर्वसम्मत चयन भएका छन।

कल्याणकारी नेपाली युवा समाज कुवेतको तेश्रो अधिबेशन १७ सेप्टेम्बर २०२१ शुक्रबारकाे दिन कुवेतस्थित कवट हलमा अध्यक्ष निराज सिंह थकुरीको सभापतित्वमा नेपाली दूतावास कुवेतकाराजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

त्यसैगरी विशिष्ट अतिथिमा गैर आवासीय नेपाली सङ्घ कुवेतका संरक्षकद्वय अर्जुन तामाङ र सुजन केसी, आईसिसी सदस्यद्वय हरी लावती र माधव पौडेल, अध्यक्ष रनध्वज लामा लगायत समाजसेवी, पत्रकार, कलाकार, खेलाडी, विभिन्न संघसस्थाबाट प्रतिनिधित्व गरेर उपस्थित प्रतिनिधि र कुवेतमा कार्यरत नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम संचालन केशर घलान तामाङले गरेका थिए भने कार्यक्रम संयोजक दिपक कार्की रहेका थिए। कल्याणकारी नेपाली युवा समाज कुवेतको तेश्रो अधिवेशनबाट ५३ जना कार्यसमिति सदस्य निर्वाचन प्रमुख हरी लावतीले घोषणा गरेका थिए। कुवेतको नेपाली समाजमा ‘हाम्रो एकता समाज सेवामा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ सन २०१७ मा स्थापना भएको समाजले कुवेतको नेपाली समाजमा खेलकुद तथा सामाजिक र मानवीय सेवाका कार्यहरू गर्दै आएको छ।

साथै, नेपालमा पनिविभिन्न किसिमका पीडितहरुलाई आर्थिक सहयोग गर्दै आएको छ। कल्याणकारी नेपाली युवा समाज कुवेतको नयाँ कार्यसमिति यस प्रकारको रहेको छ।

 

 

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...