News Portal

प्राइम तीज धमाका २०२१ युएईको अबुधाबीमा सम्पन्न

हिमालीसंचार संवाददाता
९३८ पटक

रामप्रसाद ढुंगेल/युएई – नेपाली महिलाहरूको महान पर्व तीजको अवसरमा अबुधाबीमा दर खाने तथा नाचगान गरी भव्यताका साथमा सम्पन्न  भएको छ ।

प्राइम इन्टरनेसनल कार्गोले अबुधाबीमा रहेका आफ्ना नेपाली  महिला ग्राहकहरुको खुसीको लागि पहिलोपटक तीज कार्यक्रम गरेको कार्यक्रम संयोजक तथा कार्गो कर्मचारी अस्मिता पोखरेलले जानकारी दिएकी छन् ।

गत ३ सेप्टेम्बर शुक्रबार अबुधाबीको मिनामा रहेको ईन्डियन कल्चरल सेन्टरभित्रको अन्नपूर्ण रेस्टुरेन्टमा आयोजना गरिएको प्राइम तीज धमाकामा नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका नेपाली दिदीबहिनी भेला भएर मिठामिठा नेपाली परिकार खाँदै नाचगान गरेर रमाइलो तरिकाले तीज मनाएका छन् ।

कार्यक्रममा प्राइम कार्गोको तर्फबाट संयोजक अस्मिता पोखरेलले सबैलाई स्वागत मन्तव्य प्रकट गरेकी थिइन् भने कम्पनीको सेवा र सुविधाको बारेमा कर्मचारी अनुप्रिया पन्तले प्रष्ट पारेकी थिइन् । 

कार्गोको दुबई मुख्यालयबाट आएका सरिता खत्री र रश्मि श्रेष्ठले कार्गोका अफरबारेमा जानकारी दिदै तीजको अवसरमा शुभकामना व्यक्त गरेका थिए । 

प्राइम कार्गो अङ्कित फोटो फ्रेम आफ्नो फेसबुकमा राखेर सबैभन्दा धेरै लाइक बनाउन सक्ने व्याक्तीलाई प्राइम कार्गोले ३० केजी सामान नि:शुल्क पठाइदिने प्रतियोगिता समेत आयोजना गरिएको थियो । प्राइमको दशै अफर निरन्तर चलेकोले सस्तो, सुरक्षित तरिकाले सामान कार्गो पठाउन सकिने बताइएको थियो ।

कार्यक्रममा उपस्थित सबै महिलाहरुलाई गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । प्राइम तीज धमाका अबुधाबीको सहजीकरण तथा कार्यक्रम संचालन नेपाल पत्रकार महासंघ युएई शाखा सहसचिव रामप्रसाद ढुंगेलले गरेका थिए भने कार्यक्रममा प्रमुख अतिथिका रूपमा युएईका पुराना नेपाली व्यावसायी भीमनारायण श्रेष्ठ उपस्थित भएर नेपाली चेलीबेटीहरुलाई तीजको शुभकामना प्रकट गरेका थिए ।

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...