News Portal

प्राइम तीज धमाका २०२१ युएईको अबुधाबीमा सम्पन्न

हिमालीसंचार संवाददाता
८२२ पटक

रामप्रसाद ढुंगेल/युएई – नेपाली महिलाहरूको महान पर्व तीजको अवसरमा अबुधाबीमा दर खाने तथा नाचगान गरी भव्यताका साथमा सम्पन्न  भएको छ ।

प्राइम इन्टरनेसनल कार्गोले अबुधाबीमा रहेका आफ्ना नेपाली  महिला ग्राहकहरुको खुसीको लागि पहिलोपटक तीज कार्यक्रम गरेको कार्यक्रम संयोजक तथा कार्गो कर्मचारी अस्मिता पोखरेलले जानकारी दिएकी छन् ।

गत ३ सेप्टेम्बर शुक्रबार अबुधाबीको मिनामा रहेको ईन्डियन कल्चरल सेन्टरभित्रको अन्नपूर्ण रेस्टुरेन्टमा आयोजना गरिएको प्राइम तीज धमाकामा नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका नेपाली दिदीबहिनी भेला भएर मिठामिठा नेपाली परिकार खाँदै नाचगान गरेर रमाइलो तरिकाले तीज मनाएका छन् ।

कार्यक्रममा प्राइम कार्गोको तर्फबाट संयोजक अस्मिता पोखरेलले सबैलाई स्वागत मन्तव्य प्रकट गरेकी थिइन् भने कम्पनीको सेवा र सुविधाको बारेमा कर्मचारी अनुप्रिया पन्तले प्रष्ट पारेकी थिइन् । 

कार्गोको दुबई मुख्यालयबाट आएका सरिता खत्री र रश्मि श्रेष्ठले कार्गोका अफरबारेमा जानकारी दिदै तीजको अवसरमा शुभकामना व्यक्त गरेका थिए । 

प्राइम कार्गो अङ्कित फोटो फ्रेम आफ्नो फेसबुकमा राखेर सबैभन्दा धेरै लाइक बनाउन सक्ने व्याक्तीलाई प्राइम कार्गोले ३० केजी सामान नि:शुल्क पठाइदिने प्रतियोगिता समेत आयोजना गरिएको थियो । प्राइमको दशै अफर निरन्तर चलेकोले सस्तो, सुरक्षित तरिकाले सामान कार्गो पठाउन सकिने बताइएको थियो ।

कार्यक्रममा उपस्थित सबै महिलाहरुलाई गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । प्राइम तीज धमाका अबुधाबीको सहजीकरण तथा कार्यक्रम संचालन नेपाल पत्रकार महासंघ युएई शाखा सहसचिव रामप्रसाद ढुंगेलले गरेका थिए भने कार्यक्रममा प्रमुख अतिथिका रूपमा युएईका पुराना नेपाली व्यावसायी भीमनारायण श्रेष्ठ उपस्थित भएर नेपाली चेलीबेटीहरुलाई तीजको शुभकामना प्रकट गरेका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...