News Portal

पत्रकारको भेषमा सीमा क्षेत्रमा पैसाको बार्गेनिङ्ग गर्ने आशिष मल्लसहित दुई जना पक्राउ

हिमालीसंचार संवाददाता
३८६ पटक

नेपालगन्ज।
नेपाल पत्रकार महासंघ बाँकेले आचारसंहित भित्र रहेर कार्य गर्न सम्पूर्ण पत्रकारलाई अपील गरेको छ। पत्रकार आचारसंहिताको पालना गर्न पटक–पटक अनुरोध गर्दै आइरहेको महासंघ बाँकेले पत्रकार हौं भन्दै पैसाको बार्गेनिङ्ग गरेको अभियोगमा आशिष मल्ल ठकुरीसहित २ जनालाई बाँके प्रहरीले पक्राउ गरेपछि यस्तो अपील गरेको हो।

पक्राउ पर्नेमा एबीपी क्राईम न्यूजको सञ्चालक तथा पत्रकार बताउने आशिष मल्ल ठकुरी र सोही अनलाईनको संवाद्दाताको कार्ड राखेका राजन बैश्यलाई बाँके प्रहरीले रकम बार्गेनिङ्गमा संलग्न पाएपछि पक्राउ गरेको हो।

नेपाल पत्रकार महासंघ बाँकेले शुक्रबार प्रेस विज्ञप्ती प्रकाशित गरि पत्रकार हौं भन्दै भन्सार, सीमानाकाहरुमा जाने, मोबाइल क्यामेरा तेर्साउने, राती बिभिन्न सीमा क्षेत्रमा चेकजाँच गर्न जाने र पैसाको बार्गेनिङ्ग गर्ने तर, समाचार नलेख्ने जस्ता कार्य गरेको भनी महासंघ बाँकेमा जनगुनासाहरु धेरै आएकाले त्यस्तो नगर्न र पत्रकार आचारसंहिता भित्र रहेर समाचार संकलन एवं प्रकाशन, प्रशारण गर्न सम्पूर्ण पत्रकारलाई अपील गरेको छ।

प्रतिकृया दिनुहोस्

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...