News Portal

पत्रकारको भेषमा सीमा क्षेत्रमा पैसाको बार्गेनिङ्ग गर्ने आशिष मल्लसहित दुई जना पक्राउ

हिमालीसंचार संवाददाता
४५७ पटक

नेपालगन्ज।
नेपाल पत्रकार महासंघ बाँकेले आचारसंहित भित्र रहेर कार्य गर्न सम्पूर्ण पत्रकारलाई अपील गरेको छ। पत्रकार आचारसंहिताको पालना गर्न पटक–पटक अनुरोध गर्दै आइरहेको महासंघ बाँकेले पत्रकार हौं भन्दै पैसाको बार्गेनिङ्ग गरेको अभियोगमा आशिष मल्ल ठकुरीसहित २ जनालाई बाँके प्रहरीले पक्राउ गरेपछि यस्तो अपील गरेको हो।

पक्राउ पर्नेमा एबीपी क्राईम न्यूजको सञ्चालक तथा पत्रकार बताउने आशिष मल्ल ठकुरी र सोही अनलाईनको संवाद्दाताको कार्ड राखेका राजन बैश्यलाई बाँके प्रहरीले रकम बार्गेनिङ्गमा संलग्न पाएपछि पक्राउ गरेको हो।

नेपाल पत्रकार महासंघ बाँकेले शुक्रबार प्रेस विज्ञप्ती प्रकाशित गरि पत्रकार हौं भन्दै भन्सार, सीमानाकाहरुमा जाने, मोबाइल क्यामेरा तेर्साउने, राती बिभिन्न सीमा क्षेत्रमा चेकजाँच गर्न जाने र पैसाको बार्गेनिङ्ग गर्ने तर, समाचार नलेख्ने जस्ता कार्य गरेको भनी महासंघ बाँकेमा जनगुनासाहरु धेरै आएकाले त्यस्तो नगर्न र पत्रकार आचारसंहिता भित्र रहेर समाचार संकलन एवं प्रकाशन, प्रशारण गर्न सम्पूर्ण पत्रकारलाई अपील गरेको छ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...