News Portal

नारायण रायमाझीको २० वर्ष पूरानो गीत “कदमको छायाँले” नयाँ भर्सनमा सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
८१३ पटक

काठमाडौँ।
गायक, संगीतकार तथा फिल्म निर्देशक नारायण रायमाझीको गीत कदमको छायाँले नयाँ भर्सनमा सार्वजनिक भएको छ। कदमको छायाँले आमाको मायाले बोलको तीज विशेष गीत करिब २० वर्ष अगाडि रेकर्ड भएको थियो भने हाल नयाँ भर्सनमा तयार पारिएको हो।

गीत नयाँ एरेन्जमेन्ट गरी म्युजिक भिडियोसहित रिमा इन्टरटेन्मेन्टले रिलिज गरेको हो। पहिला रेकर्ड भएको गीतमा गायिका बिमा कुमारी दुरा, शकुन्तला रायमाझी र सुष्मा आचार्यले स्वर दिएका थिए।

लय पुरानै भए पनि शब्द र भिडियोमा देखिने कलाकारहरू समय सापेक्ष बनाइएको छ। पुनर्ताजगी गरिएको गीतमा सुनीता बुढा छेत्रीले स्वर दिएकी छिन्।

यसमा शब्द, संगीत रायमाझी स्वयंकै छ भने यसको म्युजिक भिडियोमा मिराज अर्याल र योगेन्द्र कार्कीको छायांकन तथा मिराज अर्यालको सम्पादन रहेको छ। म्युजिक भिडियोको निर्देशन नारायण रायमाझीले गरेका छन्।

पुरा भिडियो हेर्नुहोस्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ७ गतेको राशिफल

आज माघ ७, २०८२ (जनवरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, निर्वाचन आयोगमाथि आरोप

काठमाडौं, ६ माघ – नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार हाजिरी...

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...