News Portal

गीतकार चन्द्रकला राईको “उभौली र उधौलीमा” साकेला गीत सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
११२४ पटक

काठमाण्डौ – उभौली र उधौलीमा मुन्धुम गीत गाइरहुँ किराती साकेला गीत गीतकार ‘ठुली’ चन्द्रकला कोयी राईको शब्द रचना रहेको ‘उभौली र उधौलीमा मुन्धुम गीत गाइरहुँ’ चर्चित युवा गायक तथा संगीतकार रुप कुमार राईको युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सार्वजनिक साकेला गीतको एरेन्ज, मिक्सिङ्ग र मास्टरिङ्ग चर्चित युवा एरेन्जर राजु कार्कीले गरेका हुन्। रेकर्डिस्ट सुरेस राईले राम्रो व्याबस्थापन गरेका साकेल गीत काठमाण्डौ स्थित किंग स्टुडियोमा रेकर्डिङ गरिएको हो। 

सार्वजनिक गीतको कोरस कला राई र बबिना किराँतीले गरेकी हुन्। ढोलक, तबला र मादल भुवन गन्धर्बले गरेका हुन भने बाँसुरीमा रत्न बि.क, सारङ्गी हेमन्त कान्छा र गीटार सन्जिब सुब्बाको रहेको छ। 

सार्वजनिक साकेला गीतको निर्देशन, क्यामेरा युबराज राई (वीर बहादुर), सम्पादन र कलर श्याम राज श्रेस्ठ, सह छायाँकन रमेश सुनार राई, लाइटम्यान महेन्द्र लामा, अजय तामाङ्ग, सृङ्गार सीता राई, पहिरन लिब्जु कलेक्सन इमाडोक, कोसेली ढाका टोपी कोटेस्वर रहेको छ। 

यस गीतको मुख्य अभिनय गायक स्वयम् रुप कुमार राई, झनमान राई, पबिमायाँ राई, रोहिन राई, वचन राई, मोतिलाल राई, सीता कुमारी राई, पारु सुनुवार, निशा मुखिया, ताज्बिन राई, रजिन राई, प्रतिना राई, सुनिला राई, सरिन राई, हँछा राई, मिसन राई र अबिहाङ्ग राई लगायदको भूमिका रहेको छ। 

यस गीतको छायाकंन पूर्वका रमणीय सुन्दर पहाडका सास्कृतिक पखेराहरुमा भएको थियो भने गीतकार ठूलीको जन्मथलो विशेषत “कोयी” राईहरुको आदिम थलो सुङदेलमा समेत गरिएको छ। गीतकार ठूली आफ्नो भाषा, संस्कार, संस्कृति प्रति सचेत मात्र नभएर मनकारी दु:खी गरिबका साथी समेत हुन्। 

साकेला गीत यहा सुन्नुस् 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...

धुवाँभित्र देखिएको अनुहार

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले...