News Portal

गीतकार चन्द्रकला राईको “उभौली र उधौलीमा” साकेला गीत सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
१२१४ पटक

काठमाण्डौ – उभौली र उधौलीमा मुन्धुम गीत गाइरहुँ किराती साकेला गीत गीतकार ‘ठुली’ चन्द्रकला कोयी राईको शब्द रचना रहेको ‘उभौली र उधौलीमा मुन्धुम गीत गाइरहुँ’ चर्चित युवा गायक तथा संगीतकार रुप कुमार राईको युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सार्वजनिक साकेला गीतको एरेन्ज, मिक्सिङ्ग र मास्टरिङ्ग चर्चित युवा एरेन्जर राजु कार्कीले गरेका हुन्। रेकर्डिस्ट सुरेस राईले राम्रो व्याबस्थापन गरेका साकेल गीत काठमाण्डौ स्थित किंग स्टुडियोमा रेकर्डिङ गरिएको हो। 

सार्वजनिक गीतको कोरस कला राई र बबिना किराँतीले गरेकी हुन्। ढोलक, तबला र मादल भुवन गन्धर्बले गरेका हुन भने बाँसुरीमा रत्न बि.क, सारङ्गी हेमन्त कान्छा र गीटार सन्जिब सुब्बाको रहेको छ। 

सार्वजनिक साकेला गीतको निर्देशन, क्यामेरा युबराज राई (वीर बहादुर), सम्पादन र कलर श्याम राज श्रेस्ठ, सह छायाँकन रमेश सुनार राई, लाइटम्यान महेन्द्र लामा, अजय तामाङ्ग, सृङ्गार सीता राई, पहिरन लिब्जु कलेक्सन इमाडोक, कोसेली ढाका टोपी कोटेस्वर रहेको छ। 

यस गीतको मुख्य अभिनय गायक स्वयम् रुप कुमार राई, झनमान राई, पबिमायाँ राई, रोहिन राई, वचन राई, मोतिलाल राई, सीता कुमारी राई, पारु सुनुवार, निशा मुखिया, ताज्बिन राई, रजिन राई, प्रतिना राई, सुनिला राई, सरिन राई, हँछा राई, मिसन राई र अबिहाङ्ग राई लगायदको भूमिका रहेको छ। 

यस गीतको छायाकंन पूर्वका रमणीय सुन्दर पहाडका सास्कृतिक पखेराहरुमा भएको थियो भने गीतकार ठूलीको जन्मथलो विशेषत “कोयी” राईहरुको आदिम थलो सुङदेलमा समेत गरिएको छ। गीतकार ठूली आफ्नो भाषा, संस्कार, संस्कृति प्रति सचेत मात्र नभएर मनकारी दु:खी गरिबका साथी समेत हुन्। 

साकेला गीत यहा सुन्नुस् 

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...