News Portal

पत्रकार महासंघको कोभिड राहत कोषका लागि कुवेतका पत्रकारहरुको आर्थिक सहयोग

हिमालीसंचार संवाददाता
३४१ पटक

कुवेत – कोभिड संक्रमण भएर पनि आर्थिक समस्याका कारण उपचार गराउन नसकेका पत्रकारहरु, उनिहरुका परिवार तथा कोभिड संक्रमणका कारण मृत्‍यु भएका पत्रकारका परिवारलाई सहयोग गर्न नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले सन्चालन गरेको “कोभिड राहत कोषका लागि नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतले ५० हजार नेपाली रुपैया आर्थिक सहयोग गरेको छ।

नेपाल पत्रकार महासंघका महासचिब रोशन पुरी, कोषाध्यक्ष कलेन्द्र सेजवाल लगाएतको उपस्थितिमा नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतका निबर्तमान अध्यक्ष हरि कृष्ण न्यौपाने,निबर्तमान कोषाध्यक्ष प्रदिप नेपाली तथा प्रबासी नेपाली पत्रकार सन्जालका दामोदर नेपालले उक्त सहयोग रकम महासंघको केन्द्रिय कार्यालयमा हस्तान्तरण गरेका थिए।

साउन १२,२०७८(जुलाई २३,२०२१)सोमबारका दिन उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो।उक्त सहयोग हस्तान्तरण पछी महासचिब रोशन पुरीले बिदेशको ठाउँमा पसिना बगाउदै नेपाली समाजका लागि पत्रकारिता गरिरहेका नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतका पत्रकारहरुलाई आर्थिक सहयोगका लागि धन्यवाद दिदै कोभिड राहत कोषमा जम्मा भएको रकमलाई सही ठाउँमा सदुपयोग गरिने बताए।

प्रतिकृया दिनुहोस्

सुनचाँदीको भाउमा तीव्र वृद्धि, एकैदिन तोलामा २० हजारभन्दा बढी महँगियो सुन

काठमाडौं, माघ १५ – नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ उचाइ लिँदै गएको छ ।...

पश्चिम बंगालमा Nipah भाइरस देखिएपछि नेपालमा सतर्कता कडा

काठमाडौं, माघ १५ – भारतको पश्चिम बंगालमा Nipah भाइरसका केही पुष्टि भएका केसहरू भेटिएपछि दक्षिण...

आज २०८२ साल माघ १५ गतेको राशिफल

आज माघ १५, २०८२ (जनवरी २९, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...