News Portal

जसपाको कार्यकारिणी समिति ३४ सदस्यीय, महन्थसहित १७ जना निकालिए

हिमालीसंचार संवाददाता
३८८ पटक

काठमाडौं।
जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समिति ३४ सदस्यीय कायम भएको छ। जसपाको मंगलबार बसेको कार्यकारिणी समितिको बैठकले ३४ सदस्यीय कार्यकारिणी समिति कायम गरेको जसपाका प्रचार प्रसार विभागका डम्मर खतिवडाले बताए।

‘पार्टीको आधिकारीकता दावी गर्दा अध्यक्ष उपेन्द्र यादवको पक्षमा हस्ताक्षर गर्ने मात्रै जसपाका कार्यकारिणी सदस्य हुन्। अर्को पक्षमा दावी गर्नेहरु कार्यकारिणी समितिमा छैनन्’ उनले भने, ‘तत्कालका लागि ३४ सदस्यीय कार्यसमिति कायम भएको छ।अब थप्नु परेमा पार्टीले निर्णय गर्छ।’

सोमबार निर्वाचन आयोगमा भएको हेड काउण्टमा उपेन्द्र यादवको पक्षमा ३४ जनाले हस्ताक्षर गरेका थिए। महन्थ ठाकुरको पक्षमा १६ जना थिए भने रेशम चौधरी तटस्थ बसेका थिए। जसपाको निर्णय अनुसार महन्थसहितका १६ जना र तटस्थ बसेका चौधरी अब कार्यकारिणी सदस्य रहँदैनन्। उनीहरुले अर्को पार्टी गठन नगरेको अवस्थामा सांसद पद भने कायम रहन्छ। जसपाको कार्यकारिणी समितिको बैठक बुधबार पनि बस्दैछ।

कार्यकारिणी समिति बैठकले कार्यविभाजनको समेत टुंगो लगाउने एक कार्यकारिणी सदस्यले बताए। जसपामा एक अध्यक्ष चयन समेत हुनसक्ने स्राेतको दावी छ। विधानमा दुई अध्यक्षको व्यवस्था रहेकाले अध्यक्षको चयन हुने संभावना रहेको ती कार्यकारिणी सदस्यले बताए।

‘बैठकले अध्यक्ष, वरिष्ठ नेता, उपाध्यक्ष लगायतका पदाधिकारी चयन गर्न सक्छ। कार्यकारिणी सदस्य समेत थप्न सक्छ’ ती सदस्यले भने। उनका अनुसार अशोक राईको अध्यक्ष हुने संभावना छ। ‘त्यस्तो भयो भने मधेसी, जनजाति र खसको प्रतिनिधित्व हुन्छ’ उनले भने। अहिले भट्टराई जसपाको संघीय परिषद अध्यक्ष छन् भने राई जसपाको वरिष्ठ नेता छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित तर किसान खुसी

हुम्ला, १५ माघ – हुम्लामा लगातार दुई दिनसम्म परेको भारी हिमपातले जनजीवनलाई प्रभावित पारेको छ।...

सुनचाँदीको भाउमा तीव्र वृद्धि, एकैदिन तोलामा २० हजारभन्दा बढी महँगियो सुन

काठमाडौं, माघ १५ – नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ उचाइ लिँदै गएको छ ।...

पश्चिम बंगालमा Nipah भाइरस देखिएपछि नेपालमा सतर्कता कडा

काठमाडौं, माघ १५ – भारतको पश्चिम बंगालमा Nipah भाइरसका केही पुष्टि भएका केसहरू भेटिएपछि दक्षिण...

आज २०८२ साल माघ १५ गतेको राशिफल

आज माघ १५, २०८२ (जनवरी २९, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...