News Portal

जसपाको कार्यकारिणी समिति ३४ सदस्यीय, महन्थसहित १७ जना निकालिए

हिमालीसंचार संवाददाता
४८४ पटक

काठमाडौं।
जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समिति ३४ सदस्यीय कायम भएको छ। जसपाको मंगलबार बसेको कार्यकारिणी समितिको बैठकले ३४ सदस्यीय कार्यकारिणी समिति कायम गरेको जसपाका प्रचार प्रसार विभागका डम्मर खतिवडाले बताए।

‘पार्टीको आधिकारीकता दावी गर्दा अध्यक्ष उपेन्द्र यादवको पक्षमा हस्ताक्षर गर्ने मात्रै जसपाका कार्यकारिणी सदस्य हुन्। अर्को पक्षमा दावी गर्नेहरु कार्यकारिणी समितिमा छैनन्’ उनले भने, ‘तत्कालका लागि ३४ सदस्यीय कार्यसमिति कायम भएको छ।अब थप्नु परेमा पार्टीले निर्णय गर्छ।’

सोमबार निर्वाचन आयोगमा भएको हेड काउण्टमा उपेन्द्र यादवको पक्षमा ३४ जनाले हस्ताक्षर गरेका थिए। महन्थ ठाकुरको पक्षमा १६ जना थिए भने रेशम चौधरी तटस्थ बसेका थिए। जसपाको निर्णय अनुसार महन्थसहितका १६ जना र तटस्थ बसेका चौधरी अब कार्यकारिणी सदस्य रहँदैनन्। उनीहरुले अर्को पार्टी गठन नगरेको अवस्थामा सांसद पद भने कायम रहन्छ। जसपाको कार्यकारिणी समितिको बैठक बुधबार पनि बस्दैछ।

कार्यकारिणी समिति बैठकले कार्यविभाजनको समेत टुंगो लगाउने एक कार्यकारिणी सदस्यले बताए। जसपामा एक अध्यक्ष चयन समेत हुनसक्ने स्राेतको दावी छ। विधानमा दुई अध्यक्षको व्यवस्था रहेकाले अध्यक्षको चयन हुने संभावना रहेको ती कार्यकारिणी सदस्यले बताए।

‘बैठकले अध्यक्ष, वरिष्ठ नेता, उपाध्यक्ष लगायतका पदाधिकारी चयन गर्न सक्छ। कार्यकारिणी सदस्य समेत थप्न सक्छ’ ती सदस्यले भने। उनका अनुसार अशोक राईको अध्यक्ष हुने संभावना छ। ‘त्यस्तो भयो भने मधेसी, जनजाति र खसको प्रतिनिधित्व हुन्छ’ उनले भने। अहिले भट्टराई जसपाको संघीय परिषद अध्यक्ष छन् भने राई जसपाको वरिष्ठ नेता छन्।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...