News Portal

रवीन्द्र मिश्रको प्रस्ताव पूर्व श्री ५ को जस्तै : सुदन किराती

हिमालीसंचार संवाददाता
५५४ पटक

काठमाडौं – प्रतिनिधि सभा सदस्य सुदन किरातीले विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रको प्रस्ताव पूर्व श्री५ को जस्तै भएको टिप्पणी गरेका छन् ।

सोमबार संयोजक मिश्रले ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश, स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह’ सार्वजनिक गर्दै संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव अगाडि सारेका थिए।

उनको यो प्रस्ताव संगै देशमा एउटा तरंग पैदा भएको छ भने समाज दुई भागमा विखण्डन भई सामाजिक संजालमा विवाद सिर्जना भएको छ। 

मिश्रको उक्त प्रस्ताव संघीय गणतन्त्र नेपालको संविधान विपरित भएको टिप्पणी गर्दै संसद किरातीले भनेका छन् “श्री रबिन्द्र मिश्र ज्यु ले संघियता खारेज र धर्मनिरपेक्षता प्रति जनमत संग्रह गरौ भन्दै पूर्ब श्री ५ जस्तै बोल्नु भएछ । तपाई हिटर बालेर सुबिधा सम्पन्न शहरको घरमा जन्मदिन मनाउँदा हामी जेलको चिसो सिंढीमा मृत्यु कुरेर बसेका थियौं । हिजो गणतन्त्र भन्दा मेरो देशमा मृत्युदण्ड दिइन्थ्यो, निर्वासन गराइन्थ्यो र जेलमा सडाइन्थ्यो ।

संघीय गणतन्त्र नेपालको संबिधानलाई बर्खिलाप गर्ने तत्वलाई तत्काल प्रतिबन्द लागाउन सरकार संग माग गर्दछु । हेक्का रहोस जनताले परिबर्तन सजिलो ल्याएको होइन र सजिलै छोडने पनि छैन ।” यस्ता तत्वहरुलाई तत्काल प्रतिवबन्ध लगाउन पनि सांसद किरातीले सरकारसँग माग गरेका छन् ।

आफूहरुले ज्यानको बाजि लगाएर ल्याएको गणतन्त्र सजिलै नछोड्ने पनि सांसद किरातीको भनाइ छ । ‘तपाईं हिटर बालेर सुविधा सम्पन्न शहरको घरमा जन्मदिन मनाउँदा हामी जेलको चिसो सिंढीमा मृत्यु कुरेर बसेका थियौं’, उनले भनेका छन्, ‘हेक्का रहोस् जनताले परिवर्तन सजिलै ल्याएको होइन र सजिलै छोडने छैन ।’

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...