News Portal

रवीन्द्र मिश्रको प्रस्ताव पूर्व श्री ५ को जस्तै : सुदन किराती

हिमालीसंचार संवाददाता
४४८ पटक

काठमाडौं – प्रतिनिधि सभा सदस्य सुदन किरातीले विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रको प्रस्ताव पूर्व श्री५ को जस्तै भएको टिप्पणी गरेका छन् ।

सोमबार संयोजक मिश्रले ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश, स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह’ सार्वजनिक गर्दै संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव अगाडि सारेका थिए।

उनको यो प्रस्ताव संगै देशमा एउटा तरंग पैदा भएको छ भने समाज दुई भागमा विखण्डन भई सामाजिक संजालमा विवाद सिर्जना भएको छ। 

मिश्रको उक्त प्रस्ताव संघीय गणतन्त्र नेपालको संविधान विपरित भएको टिप्पणी गर्दै संसद किरातीले भनेका छन् “श्री रबिन्द्र मिश्र ज्यु ले संघियता खारेज र धर्मनिरपेक्षता प्रति जनमत संग्रह गरौ भन्दै पूर्ब श्री ५ जस्तै बोल्नु भएछ । तपाई हिटर बालेर सुबिधा सम्पन्न शहरको घरमा जन्मदिन मनाउँदा हामी जेलको चिसो सिंढीमा मृत्यु कुरेर बसेका थियौं । हिजो गणतन्त्र भन्दा मेरो देशमा मृत्युदण्ड दिइन्थ्यो, निर्वासन गराइन्थ्यो र जेलमा सडाइन्थ्यो ।

संघीय गणतन्त्र नेपालको संबिधानलाई बर्खिलाप गर्ने तत्वलाई तत्काल प्रतिबन्द लागाउन सरकार संग माग गर्दछु । हेक्का रहोस जनताले परिबर्तन सजिलो ल्याएको होइन र सजिलै छोडने पनि छैन ।” यस्ता तत्वहरुलाई तत्काल प्रतिवबन्ध लगाउन पनि सांसद किरातीले सरकारसँग माग गरेका छन् ।

आफूहरुले ज्यानको बाजि लगाएर ल्याएको गणतन्त्र सजिलै नछोड्ने पनि सांसद किरातीको भनाइ छ । ‘तपाईं हिटर बालेर सुविधा सम्पन्न शहरको घरमा जन्मदिन मनाउँदा हामी जेलको चिसो सिंढीमा मृत्यु कुरेर बसेका थियौं’, उनले भनेका छन्, ‘हेक्का रहोस् जनताले परिवर्तन सजिलै ल्याएको होइन र सजिलै छोडने छैन ।’

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...