News Portal

संसदीय समितिमा माधब नेपाल र ओली पक्षका सांसदबीच भनाभन !

हिमालीसंचार संवाददाता
४६७ पटक

काठमाडौँ।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद नारदमुनि राना र वरिष्ठ नेता माधवकुमार नेपालबीच भनाभन भएको छ। समितिले यसअघि दिएका निर्देशन कार्यान्वयनको विषयमा छलफल गर्न आइतबार सिंहदरबारमा ११ बजे बैठक डाकेको थियो।

पूर्वप्रधानमन्त्रीको हैसियतमा अघिल्लो लहरमा नेता नेपाल समिति सभापति पवित्रा निरौला खरेलसँग बसेका थिए। नेपालले सुरूआतमा प्रतिनिधि सभा पुन: स्थापना भएकोमा खुसी व्यक्त गरे। उनले संसद ब्युताउन संघर्ष गर्नु परेको तर्क गरे। साथै जनताले संसद ल्याएको बताए।

केही समयपछि केपी ओली पक्षका सांसद नारदमुनि राना बैठकमा प्रवेश गरे। उनले बैठकमा सर्वोच्चको आदेशबाट प्रतिनिधि सभा पुनर्स्थापना भएको बताए। साथै माधव नेपाल पक्षलाई कटाक्ष गर्दै ‘केपी ओलीले विश्वासको मत लिने बेला कहाँ थिए’ भन्दै व्यंग्य कसे।

वैशाख २७ गते प्रतिनिधि सभामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ‌ओलीले विश्वासको मतका लागि राखेको प्रस्तावमा मतदान गर्न माधव नेपालसहित उनी पक्षका २८ सांसद अनुपस्थित भएका थिए। सांसद रानाले प्रतिनिधि सभा विघटनको विषय राजनीतिक भएको टिप्पणी गरे।

‘जो आफ्नै पार्टीको प्रधानमन्त्रीले विश्वासको मत लिँदा घरमा गएर सुतिरहेका थिए’, रानाले भने, ‘तिनैले अहिले संसद भनेर कराउनुको औचित्य छैन। संसद विघटन राजनीतिक निर्णय हो। त्यस निर्णयमा पुर्‍याउनेहरू दोषी हुन्।’ उनले प्रतिनिधि सभा विघटन हुनुको जिम्मा वरिष्ठ नेता नेपालले पनि लिनु पर्ने बताए। माधव नेपाललाई कटाक्ष गरेपछि दीपकप्रकाश भट्ट बीचैमा बोले। उनले ठूलो स्वरमा ‘प्रतिगमनका मतियार’ भन्दै रानालाई रोक्न खोजे।

‘के कुरा गरेको प्रतिगमनको मतियार बाहिर जानुहोस्’, भट्टले भने। त्यसपछि माधव नेपाल पनि बोले। उनले पनि प्रतिगमनका मतियारलाई संसदमा बस्ने अधिकार नभएको बताए। ‘प्रतिगमनका मतियार राजीनामा दिएर संसदबाट बाहिर जानुहोस्’, नेता नेपालले भने। लगत्तै कांग्रेस सांसदहरूले पनि नेता नेपाल समूहलाई साथ दिए। कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले संविधान विरोधी कुरा गर्ने भन्दै चर्को स्वरमा बोले।

समिति सभापति खरेलले बोलिरहेका रानालाई नै समय दिन खोजिन्। तर दीपकप्रकाश भट्टले रानालाई समय दिए पनि बोल्न छाडेनन्। राना सँगै बसेकी एमालेकै सांसद सरला यादवले रानालाई नै ‘तपाईं को हो जे पायो त्यही बोल्ने’ भन्दै हप्काइन्।

समिति सभापति खरेलले ‘माननीयज्यू शान्त हुनुस्’ भनिरहिन्। सँगै बसेका माधव नेपाल सांसदहरूलाई रोक्न तर्फ लागेनन्। बरू सांसदहरुको दोहरी सुनिरहे। केही समयपछि नेता नेपाल निस्किए। अनि अरू सांसद पनि बैठक कक्षबाट बाहिरिए। समिति विषय नै प्रवेश नगरी सक्कियो।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...