News Portal

राणाध्वज लामा एनआरएनए कुवेतको अध्यक्षमा निर्विरोध

हिमालीसंचार संवाददाता
५२८ पटक

कुवेत।
गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको सातौ महाधिवेशन हिजो २३ जुलाई शुक्रबारका दिन राणाध्वज लामालाई अध्यक्षमा निर्विरोध चयन गर्दै सम्पन्न भएको छ।

कोभिड महामारीका कारण भौतिक रुपमा उपस्थित भएर हुन नसकेको कारण भर्चुवल माध्यमबाट भएको महाधिवेशन निवर्तवान अध्यक्ष सुजन केसीको सभापतित्वमा नेपाली दूतावास कुवेतका राजदुत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यमा, केन्द्रिय अध्यक्ष कुमार पन्त, केन्द्रिय उपाध्यक्ष बद्रि केसी, केन्द्रिय महासचिब हेमराज शर्मा, आईसीसी सदस्य यस्मीन वेगम, केन्द्रिय प्रवक्ता डीबी क्षेत्रि, सचिव आरके सुबेदी, कुवेतका आइसिसी सदस्य अमित चामलिङ, मानर्थ आइसिसी सदस्य सुरज मास्के, मध्यपूर्व महिला संयोजक सुमित्रा पौडेल, मध्यपुर्व संयोजक प्रविन गुरुङ्ग, उपसंयोजक जोन आर्याल, मध्यपुर्व युवा संयोजक राज रेग्मीलगायत विभिन्न देशका प्रतिनिधि र कुवेतमा रहेका संघ संस्था, पत्रकार, समाजसेवीलगायतको उपास्थिति रहेको थियो।

२०२१ – २०२३ को कार्यकालको लागि नेतृत्व चयनमा निर्विरोध रुपमा आईसिसि सदस्यहरु हरि लावती र माधव पौडेललाई चयन गरिएको छ। अध्यक्षमा राणाध्वज लामा, उपाध्यक्षहरु क्रमसः उमेश पुडासैनी, माधव शाही, टिकाराम आचार्य र महिला उपाध्यक्षमा अमृता वान्तावालाई चयन गरिएको हो।

महासचिवमा मानबहादुर तामाङ, सचिवमा जीवन कुमार विश्वकर्मा र मनिश केसी पनि निर्विरोध चयन भएका छन भने, कोषाध्यक्ष र सह-कोषाध्यक्षमा क्रमश: प्रेमप्रसाद गुरुङ र सोनाम लामालाई गरिएको छ। यसैगरि, युवा संयोजकमा नवराज पराजुली र दामोदार बटालालाई चयन गरिएको छ। सह-युवा संयोजकमा आङ्ग नुर्बु शेर्पा निर्विरोध चयन भएका हुन। महिला संयोजक र सह-संयोजकमा पनि रमिता योञ्जन र सजिना गुरुङ क्रमश: चयन भएका छन।

निर्वाचित र मनोनित १२ कार्यसमिति सदस्यहरुमा विजय धामी, देवी बहादुर सुनुवार, रेशम लामा, सूर्य कुमार लामा, गीता तिवारी, मिलन कुमार तामाङ, जीवन सुनार, वेदनाथ हुमागाइँ, बसन्त साम्बा, हेमन्त नगरकोटी, सरोज बास्ताकोटी र जय नारायण माझी थारुलाई पनि निर्विरोध चयन गरिएको हो।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...