News Portal

प्याज एक फाइदा अनेक, पत्थरीका बिरामीलाई त झन् अचुक ओखती !

हिमालीसंचार संवाददाता
९०१ पटक

काठमाडौँ।
प्याज काट्दा प्रायः सबैको आँखाबाट आँसु आउँछ। यसलाई सामान्य नै मानिन्छ। तरकारी वा, सलादमा प्याजलाई बढी प्रयोग गरिन्छ। खानामा त अनिवार्य रुपमा प्रयोग हुन्छ नै। तर, प्याजको उपयोगिता यति मात्र छैन। प्याजले खानाको स्वाद मात्र बढाउँदैन, यसको प्रयोग घरेलू उपचारका लागि पनि गरिन्छ।

सबैलाई थाहा नहुनसक्छ, प्याजलाई एक प्रकारको औषधि पनि मानिन्छ। यसको प्रयोगले सौन्दर्य सम्बन्धी समस्याबाटसमेत छुट्कारा पाउन सकिन्छ। प्याजको सेवनले शरीरमा हुने इन्फेक्शन र हाडजोर्नी जस्ता समस्याबाट पनि बच्न सकिन्छ। भनिन्छ, प्याजको सेवनले मानिसको आयु पनि बढ्ने गर्दछ। त्यसो भए प्यास सेवन गर्नुका अन्य फाइदाहरु के के छन् त ?

१) रुघाखोकी : यदि तपाई रुघाखोकीबाट पीडित हुनुहुन्छ भने नियमित रुपमा प्याजको सेवन गर्नुस्। प्याजले शरीरलाई न्यानो बनाउँछ जसले रुघाको इन्फेक्शन हुन दिँदैन। रुघाखोकीमा प्याजले औषधिको काम गर्छ।

२) पत्थरीबाट छुट्कारा : पत्थरीबाट पीडित भएकाहरुका लागि प्याजको सेवन रामवाण नै मानिन्छ। बिहानको समयमा खाली पेटमा प्याजको रस सेवन गर्नाले पत्थरीबाट सजिलैसित छुट्कारा पाउन सकिन्छ।

३) हाडजोर्नी समस्या : हाडजोर्नीमा समस्या हुँदा प्याजको रसले मसाज गर्नुस् । यसले तपाईलाई राहत दिन सक्छ। प्याजको रसलाई तोरीको तेलमा मिलाएर मसाज गर्दा झनै फाइदा हुन्छ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...