News Portal

प्याज एक फाइदा अनेक, पत्थरीका बिरामीलाई त झन् अचुक ओखती !

हिमालीसंचार संवाददाता
७६३ पटक

काठमाडौँ।
प्याज काट्दा प्रायः सबैको आँखाबाट आँसु आउँछ। यसलाई सामान्य नै मानिन्छ। तरकारी वा, सलादमा प्याजलाई बढी प्रयोग गरिन्छ। खानामा त अनिवार्य रुपमा प्रयोग हुन्छ नै। तर, प्याजको उपयोगिता यति मात्र छैन। प्याजले खानाको स्वाद मात्र बढाउँदैन, यसको प्रयोग घरेलू उपचारका लागि पनि गरिन्छ।

सबैलाई थाहा नहुनसक्छ, प्याजलाई एक प्रकारको औषधि पनि मानिन्छ। यसको प्रयोगले सौन्दर्य सम्बन्धी समस्याबाटसमेत छुट्कारा पाउन सकिन्छ। प्याजको सेवनले शरीरमा हुने इन्फेक्शन र हाडजोर्नी जस्ता समस्याबाट पनि बच्न सकिन्छ। भनिन्छ, प्याजको सेवनले मानिसको आयु पनि बढ्ने गर्दछ। त्यसो भए प्यास सेवन गर्नुका अन्य फाइदाहरु के के छन् त ?

१) रुघाखोकी : यदि तपाई रुघाखोकीबाट पीडित हुनुहुन्छ भने नियमित रुपमा प्याजको सेवन गर्नुस्। प्याजले शरीरलाई न्यानो बनाउँछ जसले रुघाको इन्फेक्शन हुन दिँदैन। रुघाखोकीमा प्याजले औषधिको काम गर्छ।

२) पत्थरीबाट छुट्कारा : पत्थरीबाट पीडित भएकाहरुका लागि प्याजको सेवन रामवाण नै मानिन्छ। बिहानको समयमा खाली पेटमा प्याजको रस सेवन गर्नाले पत्थरीबाट सजिलैसित छुट्कारा पाउन सकिन्छ।

३) हाडजोर्नी समस्या : हाडजोर्नीमा समस्या हुँदा प्याजको रसले मसाज गर्नुस् । यसले तपाईलाई राहत दिन सक्छ। प्याजको रसलाई तोरीको तेलमा मिलाएर मसाज गर्दा झनै फाइदा हुन्छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...