News Portal

सिन्धुपाल्चोकका बाढी पिडीतका लागि ‘इन्द्रेणी’को सहयोग

हिमालीसंचार संवाददाता
७१० पटक

काठमाण्डौ – टेलिभिजन कार्यक्रम ‘इन्द्रेणी’ले सिन्धुपाल्चोक बाढी पिडितका लागि अस्थायी आवास निर्माण गर्न करिब ९० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । हेलम्बु गाउँपालिकामा १७ बाढी प्रभावित परिवारका लागि अस्थायी आवास निर्माण गर्न ६२ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

मंगलबार ‘इन्द्रेणी’ कार्यक्रमका संचालक कृष्ण कँडेलले हेलम्बुका बाढी प्रभावितहरुकै उपस्थितिमा गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।भदौको अन्त्यमा अस्थायी आवास उद्घाटन हुने जनाइएको छ । त्यस्तै, मेलम्चीमा ५ बाढी प्रभावित परिवारलाई अस्थायी आवास निर्माणका लागि झण्डै १८ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

त्यस्तै, भोटेकोशी गाउँपालिका –१ का बाढी प्रभावितलाई अस्थायी आवास निर्माणका लागि भन्दै ‘इन्द्रेणी’कार्यक्रमले सहयोग रकम हस्तान्तरण गरेको छ । गत असारमा झण्डै ४ लाख रुपैयाँ हस्तान्तरण गरिएकोमा बुधबार झण्डै ६ लाख रुपैयाँ हस्तान्तरण गरिएको कृष्ण कँडेलले जानकारी दिए । इन्द्रेणी कार्यक्रमले यसअघि पनि सिन्धुपाल्चोकका बाढी प्रभावितका लागि नगद तथा लत्ताकपडा सहयोग गरेको थियो ।

सिन्धुपाल्चोकको अवस्थाको बारेमा इन्द्रेणीले कार्यक्रम प्रसारण गरेपछि देश–विदेशबाट थुप्रै दर्शकले सहयोग पठाउनुभएका थिए । सोही रकम हामीले हस्तान्तरण गरेका हौं’– कँडेलले भने । ‘इन्द्रेणी’ लोकदोहोरीसँग सम्बन्धित लोकप्रिय कार्यक्रम हो । यो कार्यक्रम हिमालय टेलिभिजनमा प्रसारण हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस्

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...