News Portal

सिन्धुपाल्चोकका बाढी पिडीतका लागि ‘इन्द्रेणी’को सहयोग

हिमालीसंचार संवाददाता
६४८ पटक

काठमाण्डौ – टेलिभिजन कार्यक्रम ‘इन्द्रेणी’ले सिन्धुपाल्चोक बाढी पिडितका लागि अस्थायी आवास निर्माण गर्न करिब ९० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । हेलम्बु गाउँपालिकामा १७ बाढी प्रभावित परिवारका लागि अस्थायी आवास निर्माण गर्न ६२ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

मंगलबार ‘इन्द्रेणी’ कार्यक्रमका संचालक कृष्ण कँडेलले हेलम्बुका बाढी प्रभावितहरुकै उपस्थितिमा गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।भदौको अन्त्यमा अस्थायी आवास उद्घाटन हुने जनाइएको छ । त्यस्तै, मेलम्चीमा ५ बाढी प्रभावित परिवारलाई अस्थायी आवास निर्माणका लागि झण्डै १८ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

त्यस्तै, भोटेकोशी गाउँपालिका –१ का बाढी प्रभावितलाई अस्थायी आवास निर्माणका लागि भन्दै ‘इन्द्रेणी’कार्यक्रमले सहयोग रकम हस्तान्तरण गरेको छ । गत असारमा झण्डै ४ लाख रुपैयाँ हस्तान्तरण गरिएकोमा बुधबार झण्डै ६ लाख रुपैयाँ हस्तान्तरण गरिएको कृष्ण कँडेलले जानकारी दिए । इन्द्रेणी कार्यक्रमले यसअघि पनि सिन्धुपाल्चोकका बाढी प्रभावितका लागि नगद तथा लत्ताकपडा सहयोग गरेको थियो ।

सिन्धुपाल्चोकको अवस्थाको बारेमा इन्द्रेणीले कार्यक्रम प्रसारण गरेपछि देश–विदेशबाट थुप्रै दर्शकले सहयोग पठाउनुभएका थिए । सोही रकम हामीले हस्तान्तरण गरेका हौं’– कँडेलले भने । ‘इन्द्रेणी’ लोकदोहोरीसँग सम्बन्धित लोकप्रिय कार्यक्रम हो । यो कार्यक्रम हिमालय टेलिभिजनमा प्रसारण हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस्

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...