News Portal

कुवेतमा एक हप्तामा तीन जना नेपालीको मृत्‍यु

हिमालीसंचार संवाददाता
५६२ पटक

कुवेत -कुवेतमा एक हप्तामा तीन जना नेपालीको मृत्‍यु भएको छ । मृत्‍यु हुनेहरुमा लमजुङका अमिर तामाङको हृदयघातका कारण मृत्यु भएको हो भने धनकुटाकी सुमित्रा तामाङले आत्महत्या गरिएको खबर प्राप्त भएको छ ।

गत जुलाई १९ सोमबारका दिन अमिरको कोठामा सुतेकै अवस्थामा मृत्यु भएको हो भने सुमित्राले २० तारिकमा साल्मिया एरियामा आत्महत्या गरेकि हुन । सिराहाका राजिउल्लाह मोहम्मदको मृत्यु भएको पुष्टि भएको छ। गत आइतबार हर्डीज पिज्जा बाइक ड्राइभरको रुपमा काम गर्दै आएका राजिउल्ला मोहमदको सवारी दुर्घट्ना मृत्‍यु भएको हो ।

लमजुङ जिल्लाबाट जारी भएको ०६९५३३३५ नम्बरको राहदानी वाहक २५ वर्षीय तामाङको १९ जुलाई २०२१ का दिन कोठामा सुतेकै अवस्थामा मृत्यु भएको हो ।

५ वर्ष पहिले रोजगारीका सिलसिलामा कुवेत आएका तामाङले गत नोभेम्बर २०२० मा घर जान्छु भनी कम्पनीबाट पासपोर्ट लिएका थिए तर उनी घर नफर्की कम्पनीबाट भागि अबैधानिक रुपमा लुकीछिपी कुवेत बस्दै आएका थिए ।

भने सुमित्रा तामाङ (१०६६७३०१)अन्यबाटो हुँदै कुवेत आएको हुदा पुर्ण विवरण प्राप्त हुन सकेको छैन । नेपाली दूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवालले मृतकहरुको शवलाई नेपाल पठाउनका लागि कानूनी प्रकृयाका कामहरु अगाडि बढाईसकिएको हुदा परिवारलाई सम्पर्कमा आउन अनुरोध गरेका छन ।

प्रतिकृया दिनुहोस्

पश्चिम बंगालमा Nipah भाइरस देखिएपछि नेपालमा सतर्कता कडा

काठमाडौं, माघ १५ – भारतको पश्चिम बंगालमा Nipah भाइरसका केही पुष्टि भएका केसहरू भेटिएपछि दक्षिण...

आज २०८२ साल माघ १५ गतेको राशिफल

आज माघ १५, २०८२ (जनवरी २९, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...