News Portal

गायिका सुनिता मल्ल ठकुरीको तीज गीत “खुट्टैमा निल बस्यो” सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
७३९ पटक

काठमाडौँ।
चर्चित गायक जय देवकोटा र समधुर स्वरकी धनी गायिका सुनिता मल्ल ठकुरीको आवाजमा रहेको बिल्कुलै नयाँ गीत “खुट्टैमा निल बस्यो” बोलको तीज गीत हालै मात्र सार्वजनिक भएको छ।

गायक देवकोटाकै लय तथा शब्दमा रहेको उक्त गीत तरंग डिजिटलको प्रस्तूतीमा तयार पारिएको हो। गायिका सुनिता मल्ल ठकुरीको यो भन्दा अगाडि “छम्की देऊ पानी” लगायत धेरै गीतहरु निकै चर्चामा रहेका छन।

यो गीतको म्युजिक भिडियोमा मदन खडकाद्वारा निर्देशित चर्चित मोडल रिना थापा मगर, रमेश खनाल र सानु मायाको नृत्य तथा अभिनय देख्न सकिन्छ। सो म्यूजिक भिडियोलाई बिरेन्द्र भट्टले छायाँकन गरेका हुन भने, अविनास डिसीले सम्पादन गरेका हुन।

गीतको म्युजिक भिडियो हेर्न तल क्लिक गर्नुहोस्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १९ गतेको राशिफल

आज माघ १९, २०८२ ( फेब्रुअरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...