News Portal

गौतम सागर राईको “सीमापारि” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
५२६ पटक

काठमाण्डौ –  लामो समयदेखि अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहर स्थित बसोबास गर्दै आईरहेका युवा गायक, सर्जक गौतम सागर राई साहित्य, संगीत साथै पत्रकारितामा प्रदेशबाटै सकृय रहेका सर्जक राईले “सीमापारि” म्युजिक भिडियो बजारमा ल्याएका छन्।

सर्जक राईले करिब ३ दर्जन गीतहरुमा संगीत, आवाज र मिठो शब्द रचना सिर्जना गरेका राईले फेरी नयाँ गीत “सिमापारि”बजारमा ल्याएका हुन्। 

सार्वजनिक म्युजिक भिडियोमा भ्वाइज अफ नेपालको नक आउट राउडबाट बाहिरिएकी भारत सिक्किम्ली युवा गायिका सुदिता राईको आवाज रहेको छ भने शब्द, रचना र संगीत स्वय् गौतम सागर राईले गरेका छन् । 

सार्वजनिक गीतको एरेन्ज मनोज साङ्सोन राईले र गीतको मिक्सिङ राजु कार्कीले गरेका गीत काठमाण्डौ स्थित किङ स्टुडियोमा रेकर्डिस्ट सुरेश राईले रेकर्ड गरेका हुन ।

सिमापारी म्युजिक भिडियोले परदेशमा थुप्रै बाध्यताहरु बोकेर बिदेसीनु नेपाली युवहाँरुको बाध्यता भएकाले यस गीतमा त्यही भाव समेटिएको सर्जल राईले हिमालीसंचार डटकमसंगको कुराकानीमा बताए। स्टुडियो लिप्सिङ र सम्पादन जस्केलो क्रियसनले गरेको हो। उक्त गीतको भिडियो गौतम सागर राईको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरेका छन् ।

म्युजिक भिडियो यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...