News Portal

लेखक उदय रानामगरको “सुशासन र समृद्धि” पुस्तक बजारमा!

हिमालीसंचार संवाददाता
६६३ पटक

मकाउ – नेपाली महावाणिज्य दूतावास हङकङ/मकाउका महामहिम राजदूत उदय रानामगरद्वारा लिखित लोकसेवा आयोगद्वारा लिइने सहसचिव तथा शाखा अधिकृतका लागि लक्षित बहुउपयोगी पुस्तक पैरवी प्रकाशनले “सुशासन र समृद्धि” सार्वजनिक गरेको छ।

कुशल प्रशासक तथा विलक्षण प्रतिभाका धनी लेखक रानामगर नुवाकोट बेलकोटगढी नगरपालिकाका वडा नं. १२ स्थायी निवासी हाल तारकेश्वर नगरपालिका वडा नं.९ काठामाण्डौका लेखक उदय रानामगर भृकुटी माध्यमिक विधालय नुवाकोटबाट प्रारम्भिक शिक्षा प्रारम्भ गरेका हुन्। नेपाल कमर्श क्याम्पस काठमाण्डौबाट आई कम, त्रिवि प्राइभेटबाट बी.कम, पुर्वाञ्चल युटिभर्सिटीबाट बी.एड, सरस्वती बहुमुखी क्याम्पस ठमेलबाट एम.बी.एस. र जापानबाट अर्थशास्त्रमा एम.ए. गर्नु भएको छ। 

निजामति सेवामा विस २०५५ सालदेखि कार्यरत रानामगर उपसचिवका रुपमा तनहु, कास्की, वाहा, गोर्खा र गृहजिल्ला नुवाकोटमा समेत सेवा गरेका थिए। त्यस्तै, सहसचिवमा पदोन्नति भएपछि गुल्मी, नवलपरासीका हालका दुई जिल्ला पूर्वका सुस्ता, रुपनदेही, काभ्रे र महावाणिज्य दूतका रुपमा हङकङ आउनुअधि झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी थिए। हाल महावाणिज्यदूतका रुपमा हङकङ/मकाउका लागि हङकङमा कार्यरत छन् । 

लेखक रानामगरले जापान, दक्षिण कोरिया, थाइल्याण्ड, चीन, सिंगापुर र हङकङको भ्रमण गरेका रानामगरका विभिन्न अन्य पुस्तकहरु प्रकाशन रहेका छन् । विस २०७३ सालमा ‘सार्वजनिक व्यावस्थापन’ पहिलो संस्करण देखि पाचौ संस्करण विस २०७७ सालसम्म रहेको छ । विस २०७३ सालमा ‘सार्वजिक विषयहरु’ पहिलो संस्करण, विस २०७४ सालमा ‘साशकीय प्रवन्ध र विकास’ पहिलो संस्करण र विस २०७६ सालमा दोस्रो संस्करण, विस २०७५ सालमा ‘सार्वजनिक क्षेत्र व्यावस्थापन जवाफदेहिता, नैतिकता र व्यवसायिकता’ हुदै हाल विस २०७७ सालमा ‘सुशासन र समृद्धि’ सार्वजिनक गरेका छन् । 

हाल, सार्वजनिक पुस्तक ‘सुशासन र समृद्धि’ पाठकले बजारमा खरिद गर्न पाउनेगरी पैरवी प्रकाशनले व्यवस्था गरेको लेखक रानामगरले हिमालीसंचार डटकमसंग बताए । सार्वजिनक पुस्तक “सुशासन र समृद्धि” भित्र लेखक रानामगरले “विकास, सुशासन, शान्ति र समृद्धि भित्र ‘सार्वजनिक प्रशासन’ बारेका ५८ वटा लेख समावेश गरेका छन् ।

पुस्तकभित्रका लेखहरु सबै अनुसन्धानमुलक भएकाले पुस्तक विशेषगरी विकासप्रेमीहरुको लागि उपयोगी रहेको लेखकको भनाई रहेको छ । समग्रमा नेपाली समाजको सचित्र आउनेगरी लेखहरु तयार गरिएकाले पुस्तक आम पाठकका लागि पनि पठनीय सामग्री बन्न सक्ने लेखकको विश्वास छ । 

त्यस्तै, लोक सेवा आयोगका लागि लक्षित र उपयोगि हुने लेखकको विश्वास रहेको छ। हिमालीसंचार डटकमसंग कुराकानी गर्दै लेखकले उक्त पुस्तक अध्ययन गरी सुझाव दिनका लागि सम्पूर्ण पाठक वर्गमा अनुरोध समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...