News Portal

एनआरएनए मकाउको ७ औं अधिवेशनको तयारी पुरा, निर्वाचन समिति घोषणा

हिमालीसंचार संवाददाता
८४४ पटक

मकाउ – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद मकाउको मौजुदा कार्यसमितिले आगामी जुलाई १८ तारिख २०२१ हुन लागेको सातौ राष्ट्रिय महाधिवेशनका लागि सम्पूर्ण तयारी पुरा महाधिवेशनका लागि ३ सदस्यीय निर्वाचन समितिको घोषणा समेत गरेको छ।

गत जुन ११ तारिख २०२१ बसेको संधको ३७ औ बैठकको निर्णय अनुसार ३ तीन सदस्य निर्वाचन समिति गठन गरेको हो । निर्वाचन आयुक्तमा गैरआवासीय नेपाली संध, राष्ट्रिय समन्वय परिषदका पूर्व अध्यक्ष सुदर्शन थापा मगर, निर्वाचन सदस्य खम्बा राज केसी र निर्वाचन सदस्य युवा राज न्यौपाने चयन गरेको हो ।

गैरआवासीय नेपाली संध राष्ट्रिय समन्वय परिषद् मकाउको जुलाई ४ तारिख सम्ममा राष्ट्रिय समन्वय परिषद मकाउमा पंजीकृत आवेदन ८ सय २४ जनाले दिएका मध्ये ७ सय १५ जनाको मात्र स्वीकृत भएको थियो । त्यस्तै, २ सय २५ जनाको निवेदन ड्राफमा रहेको छ । संधको ७३ जना नया सदस्य रहेका छन्, ४ जनाको निवेदन पेन्डिङ रहेको छ भने ३२ जनाको निवेदन अस्वीकृत भएको संधका अध्यक्ष पूर्णबहादुर गुरुङले हिमालीसंचार डटकमलाई जानकारी दिए।   

संधको बैठक गत जुलाई १० तारिख २०२१ शनिवार सनमालो रोष्टुरेन्टमा १७:०० बजे बसेको थियो । बैठकले पञ्जिकित सदस्य शुल्क साथै आई.सी.सी. पठाउने बारेमा समेत निर्णय गरेको छ। गैर आवासीय नेपाली राष्ट्रिय समन्वय परिषद मकाउको ७ औ अधिवेशन आगामी जुलाई १८ तारिख लेनमार्क होटल मकाउ स्थित हुने निश्चत भएको समेत संधका अध्यक्ष गुरुङले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...