News Portal

एनआरएनए मकाउको अध्यक्ष पदका लागि राजेश प्रसाईको उम्मेदवार धोषणा

हिमालीसंचार संवाददाता
७८४ पटक

मकाउ – गैरआवासीय नेपाली संध राष्ट्रिय समन्वय परिषद मकाउको अध्यक्ष पदका लागि ११ बुदे प्रतिबद्धता सहित राजेश प्रसाईले उम्मेदवार धोषणा गरेका छन् ।

पुर्वाञ्चलको झापा जिल्लाका युवा समाजसेवी राजेश प्रसाई सन् २०१२ सालमा मकाउ आएका हुन। काठमाण्डौ आरआर क्याम्पसबाट राजनीतिक शास्त्रमा मास्टर गरेका राजेश प्रसाईले मकाउ आएदेखि गैरआवासीय नेपाली संध मकाउमा सन् २०१३-२०१५ महासचिव, सन् २०१५-२०१७ उपाध्यक्ष र आगामी सन् २०२१-२०२३ सालको महाअधिवेशनका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी धोषणा गरेको हिमालीसंचार डटकमलाई जानकारी दिए। 

राजेश प्रसाईले आफ्नो प्रतिबद्धता प्रस्तुत गर्दै; “मकाउमा स्थायी बसोवास गर्ने वा कार्यरत सम्पूर्ण नेपालीहरुको आपसी हार्दिकता र भाईचाराको विकासमा समन्वयकारी भुमिका निर्वाह गर्दै, अनुकुल वातावरण निर्माण गरिने छ। मकाउमा बसोबास वा रोजगारीको सिलसिलामा आइपर्ने विभिन्न समस्याहरुमा आपसी हातेमालो गर्दै, समस्याको लागि आवश्यक सहयोग तथा समन्वय गर्ने छु। मकाउ स्थित नेपालीहरुले हङकङ वाणिज्य दूतावास मार्फत लिइरहेको सेवालाई आवश्यकता अनुसार थप प्रभावकारी बनाउन तथा कम्तिमा हप्ताको एकपटक संचालन हुने वातावरण मिलाउन पहल गरिने छ। मकाउबासी नेपालीहरुले नेपाल सरकारबाट लिने सेवा हङकङबाट मात्र नभएर हाम्रो अनुकूलता अनुसार चीनको गोङ्जाउबाट समेत लिन सकिने सम्बन्धमा आवश्यक प्रयास गर्ने छु। 

मकाउस्थित नेपालीहरुले राहदानी नवीकरण गर्दा महंगो भएको गुनासो लामो समयदेखि गरिरहेका छन्। यसमा पुनारावलोकन गर्न नेपाल सरकारसंग विशेष आग्रह गरिने । एनआरएनए मकाउको कार्यालय स्थायी रुपमा स्थापना गरिने छ। यसबाट हामीले लिइरहेको विभिन्न सेवा सुविधाहरु व्यबस्थित हुन मद्धत पुग्ने छ। 

पर्यटन हाम्रो देशको आर्थिक विकासका लागि एक महत्वपूर्ण क्षेत्र हो। यसको प्रवर्द्धनका निम्ति नेपाल बाहिर विभिन्न देशमा बसोबास तथा कार्यरत नेपालीहरुको विशेष भूमिक रहन्छ। त्यसकारण नेपाल सरकारले पर्यटन क्षेत्रमा लिएको नीति अनुरुप विदेशी भूमिमा खेल्नुपर्ने आवश्यक भूमिका तदारुकताका साथ निर्वाह गरिने छ। देशका विभिन्न उत्पादनलाई प्रवर्द्धन तथा बजारीकरण गर्न मकाउमा ब्यापार तथा ब्यावसायरत नेपाली व्यावसायीहरुसंग  समन्वय गरेर आवश्यक पहल गरिने छ। 

नेपालबाट विभिन्न उदेश्यका साथ मकाउ आएर स्थायी वा अस्थायी रुपमा बसोबास गर्नु हुने सम्पूर्ण नेपालीहरुको समुदायगत संस्कार तथा संस्कृति संरक्षण तथा प्रवर्द्धन गर्न हातेमालो र सहकार्य गर्ने छु। हाम्रो राष्ट्रिय पर्व, सास्कृतिक तथा धार्मिक चाडहरु पारिवारिक वातावरणमा मनाउन संधको तर्फबाट अहम भूमिका निर्वाह गर्दै कार्यक्रमहरुको आयोजना समन्वय र विभिन्न संध संस्थाहरुसंग सम्पर्क गर्ने छु । व्यक्तित्व विकास भाईचारा, सद्भावका लागि अन्तरक्रिया आवश्यक विषयमा प्रशिक्षण तथा खेलकूद लगायद विविध कार्यक्रमहरुको आयोजना गरिने छ ।”

अध्यक्ष पदका लागि उम्मेदवारी दिएका प्रसाईले गैरआवासीय नेपाली संध राष्ट्रिय समन्वय परिषद मकाउको अध्यक्ष पदका उम्मेदवारका लागि यी विषयहरुमा आफ्नो प्रतिवद्धता रहेको उल्लेख गर्दै आफ्नो उम्मेदवारी धोषणा गरेका छन्। 

उनले थप विदेशी जीवनमा आई पर्ने विभिन्न सुख दु:खका श्रृखलाहरुमा सधै साथ रहने पुन: प्रतिवद्धता व्यक्त गर्दै म लगायद मेरो नेतृत्वको प्यानललाई अत्यधिक मतले विजय गराई दिन हुन सम्पूर्ण मकाउमा रहनु हुने दिदिबहिनीहरु तथा दाजुभाईहरुमा हार्दिक अनुरोध समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...