News Portal

विराटनगरमा राष्ट्रिय अनुसन्धानका एक कर्मचारीको हत्या

हिमालीसंचार संवाददाता
६५९ पटक

विराटनगर – पारिवारिक विवादलाई लिएर विराटनगरमा राष्ट्रिय अनुसन्धानका कर्मचारीको शुक्रबार राति हत्या भएको छ । विराटनगर महानगरपालिका–५ पृथ्वी चोक घर भएका ४२ वर्षीय भोला सिंहको आफ्नै घरमा हत्या भएको हो।

मादक पदार्थ सेवन (मापसे) गरेका आफ्नै भाइ ३१ वर्षीय साजन सिंहले धारिलो हतियारले प्रहार गरी उनको हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले हिमालीसंचार डटकमलाई जानकारी दिए ।

गम्भीर अवस्थामा प्रहरीले उद्धार गरेर घाइतेलाई उपचारका लागि अस्पताल लगेको थियो,’ उनले भने, ‘अस्पताल पु¥याएको केही बेरमै चिकित्सकले मृत घोषित गरिदिए।’ एसपी जिसीका अनुसार मृतकलाई लागेको चोटका आधारमा घटनामा धारिलो हतियार प्रयोग भएको पुष्टि गरेको हो। तर कुन हतियार हो भन्ने अझै यकिन भएको छैन ।

प्रहरीले ‘हत्यामा प्रयोग गरिएको हतियार फेला परेको छैन। प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताए। ‘उनले भने, ‘घटनास्थलमा सिसा र कुर्सीहरु फुटेका एवं भाँचिएका छन्। घटनास्थल वरपर रगत लतपतिएको छ ।’उनले दाजुको हत्यामा संलग्न साजनलाई पक्राउ गरिसकिएको बताए । उनले सोकेसको सिसाले प्रहार गरेको प्रहरीलाई बताएका छन् । दाजुसँगको झगडामा सामान्य घाइते भएका उनलाई पनि उपचारका लागि नर्सिङ होममै भर्ना गरिएको थियो ।

उनका अनुसार दाजु–भाइबीच परिवारिक विषयलाई लिएर विवाद भएपछि राति १०:३० बजेतिर साजनले दाजुमाथि धारिलो हतियार प्रहार गरेको प्रारम्भीक अनुसन्धानमा खुलेको छ ।

मृतक भोला राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङमा कार्यरत हवल्दार हुन् । अनुसन्धान कार्यालयका सूचक रहेका उनी एक महिनाअघि तालिमका लागि हेटौँडा गएका थिए । आफ्नी आमा बिरामी रहेको थाहा पाएपछि भोला तालिम सकिएपछि केही दिनअघि मात्रै विराटनगरस्थित घरमा पुगेको राष्ट्रिय अनुसन्धान खोटाङका प्रमुख हीरा भट्टराईले बताए । उनका अनुसार भोला खोटाङ फर्किने तयारीमा थिए । तर कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण कार्यालय फर्कन सम्भव नभएकाले रोकिएको भट्टराईले जानकारी दिए ।

गम्भीर घाइते अवस्थाका भोलालाई तत्काल प्रहरीले उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल पुयाईए पनि राति ११ बजेतिर चिकित्सकले मृत घोषित गरेको जिसीले बताए । उनका अनुसार हतियार प्रहारबाट भोलाको घाँटीको दायाँ भाग, टाउको र देब्रे हातको पातोमा गहिरो चोट लागेको थियो ।

हत्यामा संलग्न साजन आफैँ घाइते अवस्थामा रहेकाले घटनाका बारेमा धेरै कुरा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । साजनले मापसे गरेर झगडा गरेको पाइएको छ । प्रहरीका अनुसार उनी लागुऔषधका दुव्र्यसनी पनि भएको खुलेको छ । विगतमा पनि विभिन्न अपराधिक घटनामा संलग्न साजनलाई प्रहरीले पटक–पटक पक्राउ गरेर कारबाही गरेको थियो ।

 

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...